एनआरएनले काठमाडौंमा सुविधासम्पन्न तीन शौचालय बनाउने
नेपालबहस संवाददाता
माघ २०, २०७६ सोमबार २०:१६:५८
२० माघ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मानिसको अत्यधिक भीड हुने काठमाडौँ उपत्यकाका तीन स्थानमा अत्याधुनिक सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।
चार स्थानमा निर्माण गर्ने लक्ष्य रहे पनि पहिलो चरणमा कलङ्की र कोटेश्वरमा शौचालय निर्माण गरिने छ । ती दुई स्थानका लागि आगामी हप्ता बोलपत्र आह्वान गर्ने तयारी छ । त्यसैगरी संघले चाबहिलमा चाहे पनि निर्माणका लागि कामपाले स्वीकृति दिएको छैन । महाराजगञ्जमा भने दोस्रो चरणमा निर्माण गरिने एनआरएनका अध्यक्ष कुमार पन्तले जानकारी दिए । अध्यक्ष पन्तले भने, “निर्माण गर्न लागिएका सबै शौचालयहरु लैङ्गिकमैत्री, शारीरिक अपाङ्गमैत्री र बालबालिकाले समेत सहज प्रयोग गर्न सक्ने खालका हुन्छन् ।”
अध्यक्ष पन्तका अनुसार एउटा शौचालय निर्माणका लागि रु ६५ लाख लाग्ने छ । एउटा शौचालय निर्माणका लागि तीन महिना लाग्ने अनुमान गरिएको छ । बढीमा आगामी आठ महिनामा सर्वसाधारणले राम्रो शौचालय प्रयोग गर्न पाउनेछन् । शौचालय निर्माणपछि व्यवस्थापनको जिम्मा भने कुनै एक कम्पनीलाई दिने निर्णय भएको एनआरएनका सहायक कार्यक्रम अधिकृत कुनाल मिश्रले जानकारी दिए।
राजधानी काठमाडौँ सञ्चालनमा रहेका सार्वजनिक शौचालयमा पानी अभाव हँुदा अत्यन्तै फोहर र दुर्गन्धित छ । प्रायः शौचालयहरुमा हात धुन साबुन पनि राखिएको पाइँदैन । सबैले प्रयोग गर्न नसक्ने हुनाले अत्याधुनिक शौचालय निर्माण गर्न लागिएको कार्यक्रम अधिकृत मिश्रले बताए । एक पटकमा बढीमा सात जनासम्मले प्रयोग गर्न सक्ने गरी निर्माण गर्न लागिएको उक्त शौचालय प्रयोग गर्नका लागि न्यून शुल्क लाग्ने भए पनि कति भन्ने विषयमा निर्माणपछि मात्र निश्चित हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानुबाबुका ११ गुदी मन्त्र, जसले अमेरिकामा व्यवसाय पूर्व तपाईँका आँखा खोल्छ !
चैत २८, २०८० बुधबार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
चैत २६, २०८० सोमबार
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
चैत २५, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार
थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ
बैशाख १३, २०८१ बिहिबार
श्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम नगर्ने
बैशाख १३, २०८१ बिहिबार