प्रेस युनियन अध्यक्षमा कोइराला
नेपालबहस संवाददाता
माघ २०, २०७६ सोमबार २२:०:४९
२० माघ काठमाडौं । नेपाल प्रेस युनियन रसुवा जिल्ला कार्यसमितिको आइतबार लहरेपौवामा सम्पन्न तेश्रो अधिवेशनले नयाँ जिल्ला कार्य समिति गठन गरेकोे छ । नेपाल टेलिभिजन रसुवा संवाददाता सुशील कोइरालाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतले निर्विरोध चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा शशिकुमार डङ्गोल, महिला उपाध्यक्ष झरना नेपाली, सचिव आशिष तामाङ, सहसचिव सङ्गीता तामाङ र कोषाध्यक्षमा सुवास घिमिरे रहेका छन्। सदस्यमा सन्तोषी तामाङ, रक्षा न्यौपाने, पुरुषोतम पौडेल, साधुराम सापकोटा र सन्दीप पौडेल रहेका छन् । आगामी चैत्र २१ र २२ गते नेपालगञ्जमा हुने नवौँ केन्द्रीय महाअधिवेशनका लागि पाँच केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिका लागि ६ जना सर्वसम्मत चयन भएका छन् ।
कृष्ण थापाको अध्यक्षतामा सम्पन्न तेस्रो अधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै सांसद मोहन आर्चायले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफू निरन्तर अग्रमोर्चामा रहेको उल्लेख गर्दै पत्रकारले सत्यतथ्य समाचार निरन्तर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
नव निर्वाचित पदाधिकारीलाई प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी र केन्द्रीय प्रतिनिधि प्रदीप चापागाईँले टीका र खादा लगाई स्वागत गर्दै संस्थागत हकहितको संरक्षण र पत्रकारको भूमिका निर्वाह गर्न सबै क्षेत्रको सहयोग निरन्तर मिल्नेमा आशावादी भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार