एमसीसी कार्यदलको पहिलो बैठक
नेपालबहस संवाददाता
माघ २०, २०७६ मंगलबार २:८:४३
२० माघ काठमाडौं । संसद्मा झण्डै दुई तिहाई समर्थन प्राप्त नेपाल कम्युनिष्ट पार्टी भित्र चरम विवादमा परेको अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन ( एमसीसी )को भविष्य निर्धारण गर्न आज पाटीद्वारा गठित कार्यदलको बैठक बसेको छ ।
हिजो मात्र सम्पन्न केन्द्रीय कमिटीले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठन गरेको कार्यदलको पहिलो बैठक आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको हो । संसद्बाट अनुमोदन गराउनुपर्ने एमसीसीबारे उचित निर्णय लिन खनाल नेतृत्वको कार्यदललाई १० दिनको म्याद दिइएको छ । कार्य दलमा नेता भीम रावल र परराष्ट्रमन्त्री प्रदीय ज्ञवाली सदस्य रहेका छन् ।
संयोजक खनाल र सदस्य रावल एमसीसीको विपक्षमा छन् भने ज्ञवाली पारित गरी सहयोग लिनु पर्ने पक्षधर हुन् । कार्य दलमा रहेका सदस्यहरु मध्ये विपक्षी धारका दुई जना रहेकाले संसद्बाट अनुमोदन गर्न नहुने राय आउने संभावना रहेको बताइन्छ । तर प्रधानमन्त्री के पी ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खनाललाई एमसीसीबारे कन्भिन्स गराइसकेकाले पक्षमा राय आउने बताइएको छ ।
नेता रावल भने कुनै पनि हालतमा एमसीसी नेपाल भित्रन दिन नहुने पक्षमा अडिग रहेको बताइन्छ ।प्रधानमन्त्री ओली , अध्यक्ष प्रचण्ड र विपक्षी दलका नेता शेरबहादुर देउवा समेत एमसीसीको पक्षमा रहेकाले संसद्बाट सहजै पास हुने अवस्था छ । कार्य दलका संयोजक खनाल पनि अमेरिकासँग जोरी खोज्ने अवस्थामा नरहेकाले पोजेटिभ सुझाव प्राप्त हुने ओली निकट स्रोतले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार