चितुवाको आक्रमणबाट २० जना घाइते, स्थानीय त्रसित
नेपालबहस संवाददाता
माघ २०, २०७६ मंगलबार २:२७:४७
२० माघ काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–६ स्थित जैसिडिही र गणेशस्थान गाउँका २० भन्दा बढीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ । आज जैसिडिहीमा र हिजो बेलुका गणेशस्थानका दुई जनालाई आक्रमण गरी घाइते बनाएको हो ।
चितुवाले आज खेतमा काम गरिरहेका जैसिडिहीका ३० वर्षीय अर्जुन श्रेष्ठलाई आक्रमण गरेपछि सोही गाउँमा बारीमा स्याउला लिन गएका एक महिलालगायत अन्यलाई क्रमैसँग दिउँसो आक्रमण गरेको वडाध्यक्ष रामशरण दुलालले जानकारी दिए ।
उनका अनुसार खेतबारीमा काम गरिरहेका र घरआँगनमै भएकालाई चितुवाले आक्रमण गरी ढाडमा चोट पु¥याउने र केहीको कान लुछेको हो । श्रेष्ठलाई आजै उपचारार्थ टेकु अस्पताल लगिएको छ भने अन्य घाइतेलाई अस्पताल लैजाने तयारी भइरहेको छ । एउटै चितुवाले मानिसलाई आक्रमण गरिरहेको हुनसक्ने दुलालले बताए । उनले घाइतेहरुको खोजी कार्य पनि भइरहेको बताए ।
यसैबीच २० भन्दा बढी मानिसलाई आक्रमण गरेपछि स्थानीयले आज अपराह्न चितुवालाई मारेका छन् । क्रमैसँग जैसिडिहीका बासिन्दालाई आक्रमण गरी गम्भीर घाइते बनाउन थालेपछि स्थानीयले चितुवालाई मारेको वडाध्यक्ष दुलालले बताए ।
यसअघि भुम्लु गाउँपालिकास्थित जङ्गल आसपासका बस्तीमा केही दिनदेखि चितुवाले गोठ तथा छाप्रामा बाँधिएका बाख्रा मार्ने र खाने गरेपछि स्थानीय बासिन्दा निकै चिन्तामा रहेका छन् । भुम्लु गाउँपालिका–७ टारका हरिहर उप्रेतीले चितुवाले गत बिहीबार राति आफ्नो गोठभित्रका आठ बाख्रा मारिदिएको बताए ।
गोठको ढोका फोरेर चितुवाले एउटा पाठी आधा खाएको र अन्यलाई घाँटीबाट रगत चुसेर मारेको उनले जानकारी दिए। उनका अनुसार गत शुक्रबार राति चितुवाले स्थानीय लक्ष्मी रिजालको दुई वटा बाख्रा मारेको थियो । टार आसपासमा रहेका कुकुरलाई समेत चितुवाले मारेपछि स्थानीय बासिन्दा त्रसित रहेको उप्रेतीले बताए । उनले भने, “चितुवाले आतङ्क फैलाएपछि मानिसलाई समेत आक्रमण गर्नसक्ने भएकाले साँझदेखि घर बाहिर निस्कने गरिएको छैन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार