कांग्रेसले दिगो विकासलाई अगाडि बढाउनुपर्छ
नेपालबहस संवाददाता
माघ २१, २०७६ मंगलबार १२:५:०
२१ माघ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका कामलाई प्राथमिकता नदिएको भन्दै कांग्रेसले लोकतान्त्रिक ढङ्गबाट दिगो विकासलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
सेन्टर फर डेमोक्रटिक इञ्जिनीयर्स नेपाल ‘सिडेन’ ले आयोजना गरेको ‘दिगो पूर्वाधार विकास राजनीति, अर्थतन्त्र र वातावरण’ विषयक दुईदिने सम्मेलनको समापन गर्दै वरिष्ठ नेता पौडेलले विकासका लागि लोकतान्त्रिक शक्तिहरु एक जुट हुनुपर्ने बताए । उनले भने, “अहिले दुई तिहाइको सरकारले पनि जनताको काम गर्न सकेको छैन, यस्तो बेलामा कांग्रेस एकजुट भएर दिगो विकासमा जुट्नुको विकल्प छैन ।”
कांग्रेसका नेता एनपी साउदले कांग्रेसले आन्तरिक द्वन्द्वलाई व्यवस्थापन गर्दै देश र जनताको पक्षमा कटिबद्ध भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए । नेता साउदले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै भ्रष्टाचार मौलाउँदै गएको छ भने । सिडेनका अध्यक्ष शङ्कर पण्डितले मुलुकमा राजनीतिक स्थिरता हुँदा विकासले गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गरे । दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा सात प्रदेश र ७७ जिल्लाका गरी २५० भन्दा बढी इञ्जिनीयरको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार