कोरोना भाइरस : मृत्यु हुनेको संख्या ४२६ पुग्यो !
नेपालबहस संवाददाता
माघ २१, २०७६ मंगलबार १५:४४:३६
२१ माघ काठमाडौं । चिनियाँ अधिकारीहरुका अनुसार सोमबार कोरोना भाइरसका कारण थप ६४ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार सोमबार साँझसम्म चीनमा मात्रै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२५ पुगेको छ । त्यस्तै फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो । सोमबार मात्रै थप दुई हजार ३ सय ४५ मा कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।
चीनमा मात्रै २० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ। हुबेईमा मात्रै १० हजार ९ सय ९० जना अस्पताल भर्ना भएको चिनियाँ अधिकारीले जानकारी दिएका छन्। सोमबारसाँझसम्म चीनमा मात्रै २० हजार ४ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ। चीनबाहिर विश्वका विभिन्न मुलुकमा करिब १८० व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ।
अमेरिका–चीन तनाव
कोरोना भाइरसबारे अमेरिकाले त्रास फैलाएको चीनले आरोप लगाएको छ। पटक–पटक सहयोग गर्ने प्रतिबद्धता जनाए पनि अमेरिकाले सहयोगभन्दा बढी त्रास फैलाएको चिनियाँ विदेश मन्त्रालयले आरोप लगाएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले जतिसक्दो छिटो अमेरिकाले सहयोगको हात अगाडि बढाउने विश्वास व्यक्त गरिन्।
आपत्का बेला सहयोग गर्नुको साटो अमेरिकाले अनावश्यक त्रास फैलाएको चीनले बताएको छ । वासिङ्टनले ‘निरन्तर त्रास उत्पन्न गराउँदै भ्रम फैलाइरहेको छ,’ सोमबार राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चुनिङले बताइन् । उनले विश्व स्वास्थ्य संगठनले व्यापार र यात्रा प्रतिबन्ध नगर्न गरेको आग्रह स्मरण गर्न पनि आह्वान गरेकी छन् ।
‘विश्व स्वास्थ्य संगठनको सुझावविपरीत प्रकोप रोकथाम गर्न सक्षम अमरिकाजस्तो देशले प्रतिबन्ध लगाउने कार्यको नेतृत्व गरेको छ,’ जवाफयोग्य, शान्त र विज्ञान आधारित विषयवस्तुमा ध्यान दिन आग्रह गर्दै प्रवक्ता ह्वाले बताइन् । अमेरिकाले गत शुक्रबार कोरोना भाइरसको संक्रमण रोक्ने भन्दै ‘स्वास्थ्य आपत्काल लगाएको’ थियो । उसले चीन हुँदै अमेरिका प्रवेश गर्ने र सबै चिनियाँ नागरिकलाई कम्तीमा दुई साता प्रतिबन्ध गर्ने घोषणा गरेको थियो ।
आफ्ना नागरिक र उनीहरूका आफन्तका लागि भने स्वदेश फर्किएपछि १४ दिन विशेष निगरानीमा बस्नुपर्ने वासिङ्टनले जनाएको छ ।दुई देशबीच एक वर्षभन्दा बढी समयदेखि चलेको व्यापार युद्ध केही मत्थर भएकै बेला फेरि तनाव बढ्ने देखिएको छ ।
यसैबीच विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोमले भने अन्तर्राष्ट्रिय यात्रा र व्यापारमै प्रतिबन्ध लगाउनुपर्ने अवस्था नभएको प्रतिक्रिया दिएका छन्। उनले सबै देशलाई प्रमाणका आधारमा कदम चाल्न र अभिव्यक्ति दिन पनि आग्रह गरेका छन्।
हवाई सेवा सुरु
पाकिस्तानले चीनसँग तीन दिनअघि स्थगन गरेको हवाई सेवा सुचारु गरेको छ । हवाई सेवा सुचारु गरिएकोबारे सोमबार जानकारी दिँदै पाकिस्तानी नागरिक उड्डयनका उपसचिव अब्दुल सट्टार खोकरले भने, ‘हामीले चीनसँगको हवाई यात्रा सुचारु गरेका छौं । १ सय ४५ जना यात्रु बोकेको चाइना साउर्दन एयरलाइन्सको विमान सोमबार बिहान ९ बजे इस्लामाबादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।’
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणलाई लिएर विश्वव्यापी आपत्काल घोषणा गरेको एक दिनपछि गत शुक्रबार पाकिस्तानले दुवैतर्फबाट हुने उडान स्थगित गरेको थियो । हवाई सेवा सुचारु गर्ने पाकिस्तानको कदम अन्य देशका लागि पाठ हुन सक्ने चिनियाँ अधिकारीले बताएका छन् । कोरोना भाइरस संक्रमणमा वृद्धि भएसँगै कैयौं एयरलाइन्सले चीनमा उडान नगर्ने घोषणा गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार