आइसीसी विश्वकप : लिग–दुईको तयारी पूरा
नेपालबहस संवाददाता
माघ २२, २०७६ बुधबार १२:५:२०
२२ माघ काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग– दुईको तयारी पूरा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले बुधबारदेखि शुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
राजधानीमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको तयारी पूरा भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । विभिन्न चुनौतीका बाबजुदसमेत प्रतियोगिता सञ्चालन गर्न गइरहेको उनको भनाइ थियो ।
आइसीसीले निलम्बन फुकुवा गरेको छोटो समयमा मेहनतका साथ सिरिज आयोजना गर्न लागेको अध्यक्ष चन्दले बताए । मुख्य प्रशिक्षक उमेश पटवालको राजीनामाका कारण नेपालको खेलमा कुनै असर नपर्ने उनले उल्लेख गरे ।
क्यानका महासचिव अशोकनाथ प्याकुरेलले प्रतियोगिताका लागि सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनले प्रतियोगिता व्यवस्थित तरिकाले सञ्चालन गर्न कुनै कसुर बाँकी नराख्ने बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गर्ने प्याकुरेलले उल्लेख गरे । मुख्य प्रशिक्षक पटवालको राजीनामाबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद्् ‘आइसीसी’ र राष्ट्रिय खेलकूद परिषद् बोल्नुपर्ने उनको भनाइ थियो ।
क्यान निलम्बनमा रहेको बेला राखेपले पटवाललाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । नेपालले एक दिवसीय मान्यता पाएको दुई वर्षपछि घरेलु मैदानमा पहिलो सिरिज खेल्न लागेको हो । नेपालले बुधबार उद्घाटन खेल ओमानसित खेल्दैछ ।
सिरिज जित्ने तीनै कप्तानको लक्ष्य
पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाका कप्तानले विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज जित्ने लक्ष्य रहेको बताए । उनीहरुले आफ्नो टोली बलियो रहेको दाबी गरे । कीर्तिपुरस्थित मैदानमा हुने उक्त सिरिजमा शत प्रतिशत नतिजा निकाल्ने आफ्नो टोलीको लक्ष्य हुने नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बताउछन ।
घरेलु मैदान र दर्शकको फाइदा नेपालले लिने उनको भनाइ थियो । पोखरामा सञ्चालन गरिएको बन्द प्रशिक्षणबाट बढी ऊर्जा मिलेको उनी बताउछन । कप्तान मल्लले मुख्य प्रशिक्षक पटवालको राजीनामालाई बिर्सेर नेपाली टोली मैदानमा उत्रिने बताए । यसैगरी ओमान र अमेरिकाका कप्तानले समेत उक्त सिरिज आफूले जित्ने दाबी गरे ।
अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट–११ विजयी
अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट–११ विजयी भएको छ । नेपालले उक्त खेल ३७ रनले जितेको हो । मूलपानीस्थित क्रिकेट मैदानमा आज भएको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट–११ ले ब्याटिङ गर्दै १११ रन बनायो । ११२ रनको विजयी लक्ष्य पछ््याएको अमेरिका ३३ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ७४ रनमा समेटियो ।
नेपालले पहिला ब्याटिङ गर्दै ३३ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १११ रन बनाएको थियो । नेपालका लागि सुवास खकुरेलले अविजित ५२ रन बनाए । यस क्रममा उनले पाँच चौका हाने । पवन सर्राफले १९ रन बनाए । बलिङतर्फ अमेरिकाका रुस्ती थोरण र सौरभ नेटरभालकरले दुई दुई विकेट लिए ।
यस्तै अमेरिकाका लागि स्टेभन टेलरले २८ तथा तिमिल पटेलले २० रन बनाए । बलिङतर्फ नेपालका शेर मल्लले चार, सागर ढकालले तीन तथा पवन शर्राफले दुई विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार