पत्रकार शर्माको निधनको खबरले स्तब्ध छु !
नेपालबहस संवाददाता
माघ २२, २०७६ बुधबार २०:१५:६
२२ माघ काठमाडौं । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको ७२ वर्षको उमेरमा निधन भएको छ । मुटुसम्बन्धी समस्याबाट पीडित शर्माको उपचारको क्रममा बुधबार बिहान ११ बजे मनमोहन अस्पतालमा निधन भएको हो । २४ वर्ष अगाडि उनको ओपन हार्ट सर्जरी गरिएको थियो ।
मुटुमा सङ्क्रमण देखिएपछि उहाँलाई गङ्गालाल अस्पतालमा भर्ना गरिएको थियो । पाँच दिन गङ्गालालमा उपचार गरी उनलाई मङ्गलबार राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो ।
मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको निधन भएको हो । २००४ सालमा इलाममा जन्मिनु भएका शर्मा लामो समयसम्म नेपाल टेलिभिजनमा कार्यरत थिए । गोरखापत्रबाट पत्रकारिता सुरु गरेका शर्मा रेडियो नेपालको समाचारवाचक हुँदै नेपाल टेलिभिजनको महाप्रबन्धक भएका थिए ।
शर्माले नेपाल प्रेस इन्स्टिच्युटले प्रकाशन गरेको ‘प्रसारण पत्रकारिता हाते किताब’को सम्पादन पनि गरेका छन् । यसै बिच नेपाली कांग्रेसका नेता गगन थापाले पत्रकार दुर्गानाथ शर्माको निधनको खबरले स्तब्ध भएको बताएका छन् ।
बुधबार दिउँसो शर्माको निधनको खबर थाहा पाए लगतै सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै पत्रकारिता क्षेत्रमा शर्माको क्रियाशीलतालाई सबैले सम्झिरहने छौं, भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयोगेशले बुढानिलकण्ड पुगेर देउवालाई दिए निम्तो
बैशाख ७, २०८१ शुक्रबार
नेकपा एमालेले किन बोलायो विशेष पत्रकार सम्मेलन ?
बैशाख ७, २०८१ शुक्रबार
एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्ने
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
योगेशले बुढानिलकण्ड पुगेर देउवालाई दिए निम्तो
बैशाख ७, २०८१ शुक्रबार
शमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नेकपा एमालेले किन बोलायो विशेष पत्रकार सम्मेलन ?
बैशाख ७, २०८१ शुक्रबार
अर्धशतक बनाएर आउट भए सन्दीप जोरा
बैशाख ७, २०८१ शुक्रबार
नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
बैशाख ७, २०८१ शुक्रबार