लोक सेवा तयारी कक्षामा लगानी गर्दै गाउँपालिका
नेपालबहस संवाददाता
माघ २३, २०७६ बिहिबार १६:५:४८
२३ माघ कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले दलित र महिलाका लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । निजामती सेवामा दलित तथा महिलाको पहुँच अभिवृद्धि तथा निजामती प्रशासनप्रति अभिरुचि जगाउने उद्देश्यले तयारी कक्षा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।
नौवटै वडाबाट सहभागी छनोट गरेर पोखरास्थित एक इन्स्टिच्युटमा राजपत्र अनङ्कित प्रथम श्रेणी(नायब सुब्बा) तथा राजपत्र अनङ्कित द्धितीय श्रेणी(खरिदार) को पाठ्यक्रममा आधारित कक्षा सञ्चाल गर्न लागिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिए । महिलातर्फ ११ तथा दलित पुरुष दुई र दलित महिला १४ गरी २७ सहभागी रहेका छन् ।
गाउँपालिकाबाट पहिलोपटक लोकसेवा तयारीमा सहयोग गरिएको बताइन्छ । “लक्षित वर्गका लागि विनियोजित बजेट विभिन्न तालीम, गोष्ठीका लागि खर्च गर्नुभन्दा प्रत्यक्ष उनीहरुका लागि फाइदा पुग्ने क्षेत्रमा लगाउने उद्देश्यले कार्यक्रम गरेका हौँ ।
यसबाट निजामती सेवामा प्रवेशका लागि उनीहरुलाई सहज हुनुका साथै मानव संशाधन विकासमा समेत सघाउने छ ।” उनले भने । सहभागीको ८० प्रतिशत गाउँपालिले ब्येर्होने छ ।
बुधबार गाउँपालिकामा भएको तयारी कक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण गुरुङले स्थायित्व र वृत्ति विकासको सबैभन्दा राम्रो अवसर निजामती सेवामा रहेकाले देशका लागि सक्षम जनशक्ति उत्पादन गर्दै पछाडि परेको दलित र महिलाको सहभागिता वृद्धि गर्न कार्यक्रमले सघाउने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
दाङमा आगलागीबाट एकको मृत्यु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार