Advertisement

२३ माघ काठमाडौं । अप्रिल २ देखि ४ काठमाडौंमा आयोजना हुन गइरहेको ‘सगरमाथा सम्वाद’ कार्यक्रममा सहभागी हुनको लागि ओमानका वातावरण तथा पर्यावरण मन्त्री लाई निम्ता दिइएको छ ।

कार्यक्रममा सहभागी हुनको लागि नेपालका पराराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले पठाएको निमन्त्रणा पत्र ओमानका वातावरण तथा पर्यावरण मन्त्री मोहम्मद विन सलिम विन सेद अल टोवी लाई बुधबार उनकै कार्यकक्षमा पुगी ओमनकालागी नेपाली राजदुत शर्मिला पराजुली ढकालले हस्तान्तरण गरेकी हुन्।

मोहम्मद विन सलिम विन सेद अल टोवीले निमन्त्रणाको लागि धन्यवाद दिँदै नेपालमा हुन गइरहेको सगरमाथा सम्वाद कार्यक्रम सफलताको लागि अग्रिम शुभकामना व्यक्त गरे । राजदुत शर्मिला पराजुली ढकालले सम्वादको उद्धेश्यको बारेमा प्रकाश पारेकी थिइन्। मोहम्मद विन सलिम विन सेद अल टोवीले सगरमाथा संम्वाद कार्यक्रममा सहभागीता जनाउने क्रममा नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्