Former Secretary Of Nepal govt., Ghimire Became President Of Laxmi Bank
Advertisement

२३ माघ, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गराउँदै घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु तथा अन्य पदाधिकारीका साथै लक्ष्मी बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

नवनियुक्त अध्यक्ष घिमिरे नेपाल सरकारका पूर्व सचिव हुन् । उनीसँग नेपाल सरकारको तर्फबाट विभिन्न सार्वजनिक संस्थाको सञ्चालक समितिमा रही अध्यक्षको पद सम्हालेको अनुभव पनि छ ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्