अख्तियारको लालझण्डा मोह: कांग्रेस नेताहरु
कुसुम सेञ्चुरी
माघ २३, २०७६ बिहिबार १९:२२:५८
२३ माघ, काठमाडौं । बहुचर्चित ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनसन्धान आयोगले दोहोरो मापदण्ड अपनाएर मुद्धा दायर गरेपछि नागरिक समाज नै तरंगित भएको छ । साथै, अख्तियारसमेत सत्ताको ताबेदारी गर्न विवश भएको टिप्पणी हुन थालेको छ ।
एउटै प्रकृतिको आरोपमा कसैलाई मुद्धा त कसैलाई सफाई, यो लालसत्तामा मात्र संभव छ – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहान पार्टी सभापति निवास बुढानिलकण्ठमा भेला भएका नेता तथा कानून व्यावसायीहरुसँग भनेका छन् ।अख्तियारले लगाएको आरोपबारे कसैले पनि चित्त बुझाउने आधार नभएको पौडेलले प्रष्ट पारेका छन् ।
आकस्मिक रुपमा भेला भएका नेता, कार्यकर्ता तथा कानून व्यवसायीहरुसँगको छलफलमा नेता पौडेलले अब कसरी अघि बढ्ने भन्ने जिज्ञासा राखेको एक सहभागी नेताले बताएका छन् । नेकपाका नेता माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषदले गरेको निर्णयको दोष भौतिक योजनामन्त्रीका रुपमा रहेका तत्कालिन उपप्रधानमन्त्री विजय गच्छदारले लिनुपर्ने अख्तियारको तर्क आफैंमा पूर्वाग्रही हो ।
भेलामा उपस्थित कांग्रेस संसदीय दलका सचेतक बालकृष्ण खाँणले नियोजित रुपमा कांग्रेसमाथि प्रहार भएकोमा रोष प्रकट गरेका छन् । उनले भनेका छन् – चोरले चोरी गरेको सामान फर्काउँछु भनी निवदेन दिएको आधारमा उन्मुक्ति दिने न्याय प्रणाली अन्यत्र कतै भएको थाहा छैन । अख्तियारले नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन र सर्वाेच्चका न्यायधिश कुमार रेग्मीले आफ्नो स्वामित्वमा रहेको जग्गा सरकारलाई फिर्ता गर्न निवेदन दिएकाले मुद्धा चलाउन नपर्ने निर्णय गरेको छ ।
अख्तियारले मुद्धा चलाउँदा प्रस्तुत गरेको आधार र तर्क आफैंमा हास्याँस्पद रहेको भेलामा सहभागी वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले गरेका छन् । एकै प्रकृतिको निर्णय गर्नेलाई फरक फरक कानून लाग्ने भन्ने कुरा अराजगता र पूर्वाग्रही सोचको पराकाष्ठा हो – उनले भनेका छन् ।
अख्तियारले गरेको यो निर्णयबाट चोख्याइएका भनिएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफैं आश्चर्यचकित भएका छन् । आज बिहानै उनले ललितानिवास प्रकरणमा आफ्नो धारणा ट्वीटरमार्फत सार्वजनिक गर्दै भनेका छन् – ललितानिवास प्रकरणमा अख्तियारले अपनाएको दोहरो मापदण्डप्रति एकदमै असहज महसुस गरेको छु । निर्णयलाई अनुमोदन गर्ने मन्त्रिपरिषदका अध्यक्ष प्रधानमन्त्री निर्दाेष अनि एजेण्डा ल्याउने मन्त्री चाहिं दोषी ? यो विचित्रको मापदण्डले मलाई असहज महसूस भएको छ ।
सूर असूर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर भगवान शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि निलकण्ठ बन्न तयार छु – डा. भट्टराईले ट्वीट गर्दै भनेका छन् , दोषीलाई छाड्ने र निर्दोषलाई फसाउने काम नहोस् । जानी जानी दुष्कर्म गर्नेले सत्ताको छाहारी पाउने तर परिबन्धले पर्ने भने फस्ने नहोस् – डा. भट्टराईले ट्वीट गर्दै लेखेका छन् ।
दुनियाँलाई थाहा छ, नेकपा महासचिव विष्णु पौडेल र जग्गादलाली गर्ने शोभाकान्त ढकाल नातेदार हुन् । बालुवाटार जस्तो ठाउँमा पाँच लाख रुपैयाँका दरले जग्गा पाइँदैन भन्ने जानकारी नभई किने होलान् त पौडेलले ? स्वभाविक छ उनले यसमा घोटाला गरेकै हुन् । भलै माधव नेपाल भने यो प्रकरणमा दोषी नहोलान्, तर विष्णु पौडेलको नियत खराब भएकै हो । उनले जग्गा फिर्ता गर्छु भन्दा उन्मुक्ति पाउने कुरा न्यायसंगत हुनै सक्दैन । यसको जवाफ सत्ताधारी नेकपा र उनका गुरु केपी ओलीले दिनैपर्छ ।
यस्तो निर्णय गर्ने अख्तियारको नियत पनि सफा मान्न सकिन्न । भलै यसको कानूनी निरुपण गर्ने काम अदालतले गर्ला नै । तर सत्ताको राप र तापले अख्तियार कुन हदसम्म गलित भएको रहेछ भन्ने चाहिं स्पष्ट भएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार