बिहिबार , असोज १५, २०७७

पाल्पामा वनको नयाँ प्रयोग, यसरी प्रयोग गरे सफल हुन्छ आर्थिक क्रान्ति

पाल्पामा वनको नयाँ प्रयोग, यसरी प्रयोग गरे सफल हुन्छ आर्थिक क्रान्ति

–कृष्ण दर्नाल

२३ माघ पाल्पा। पाल्पाका स्थानीय बासिन्दाले वनको उचितरुपमा व्यवस्थापन गरी आम्दानी गर्न सफल बनेका छन् ।
निस्दी गाउँपालिका–७ ज्यामिरेस्थित मोलोग्रामका स्थानीय बासिन्दाले खरिया फँडानी गरी व्यावसायिक केराखेतीबाट आम्दानी लिन सफल भएका हुन् । वन क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएका छन् । वनको रेखदेख भएको छ भने स्थानीय बासिन्दाको आम्दानीको स्रोतका रुपमा वन क्षेत्रको विकास हुँदै गएको हो ।

वनभित्रको झाडी तथा कुकाठ विस्थापित गरी तीन वर्षदेखि केराखेतीले स्थानीय बासिन्दाको जीवनशैलीमा परिवर्तन ल्याएको छ । स्थानीय बासिन्दाको अगुवाइमा भिरालो जमिनकोे झाडी र वनमारा हटाइ सिङ्गो बस्ती केराखेतीमा परिणत भएको हो । व्यावसायिक केराखेतीले आन्तरिक पर्यटकको मन लोभ्याउने गरेको छ । केराखेती हेर्न यस क्षेत्रमा आन्तरिक पर्यटक आउन थालेका छन् ।

अनुत्पादक अवस्थाको वन क्षेत्रमा २५ हजार केराका बोट रोपिएको छ । स्थानीय बासिन्दाले अनुत्पादनक क्षेत्रमा व्यावसायिकरुपमा केराखेती गरी आर्थिकरुपमा टेवा पु¥याउने उद्देश्य रहेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले बताए।

सत्ताइस हेक्टर जमिन केराखेतीका लागि कबुलियती वन कार्यक्रमअन्तर्गत यहाँका स्थानीय बासिन्दालाई वन क्षेत्र हस्तान्तरण गरिएको छ । चालिस वर्षसम्म स्थानीयले केराखेती गरी जीविकोपार्जन गर्ने उद्देश्यसाथ समुदायलाई वन हस्तान्तरण भएको हो ।

गाडादी कबुलियती वन उपभोक्ता समूहका सचिव सञ्जिता ठाडाले भनिन्, “वनबाट दाउरा र घाँस ल्याउने मात्र थाहा थियो, अहिले वनबाट पैसा कमाउन थालेका छौँ । वनभित्र रहेका झाडी तथा वनमारा मासेर केराखेती गरेपछि भएको आम्दानीले स्थानीय बासिन्दालाई निकै उत्साहित बनाएको छ ।”

स्थानीय बासिन्दाले स्वदेशमा नै बसेर दुई चार पैसा कमाउनका लागि विदेश जानु पर्दैन । नेपाली भूमिमा पसिना बगान मेहनत गरे खेतबारी वनबाट पैसा कमाउन सकिने नमूना बनेको सचिव ठाडाले बताइन् । ज्यामिरेस्थित मोलोग्रामको बस्ती वन क्षेत्रसँग जोडिएकाको छ । पच्चीस घरपरिवार वनमा व्यावसायिक केराखेतीमा आबद्ध छन् ।

वन कार्यालय पाल्पासँग स्थानीय बासिन्दाले कबुलियती वन कार्यक्रम सम्झौता गरी व्यावसायिक केराखेतीमा जुटेका हुन् । चालिस वर्ष स्थानीय बासिन्दाले व्यावसायिक केराखेती गर्नेछन् । वन क्षेत्रको रेखदेख र संरक्षणका लागि दुई कबुलियती वन समूह गठन भएका छन् । ती समूहको सहकार्यमा वनमा व्यावसायिक केराखेती हुँदै आएको हो ।

गाडादी–टोकल्कदी कबुलियती वन उपभोक्ता समूहका अध्यक्ष रमनबहादुर सारुले २५ घरपरिवारको सहकार्यमा सञ्चालित व्यावसायिक केराखेतीबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएको बताए । यो आवमा रु १० लाख आम्दानी हुने अनुमान छ ।

कम लगानी र मेहनतमा व्यावसायिक केराखेती हुँदा यहाँका किसानसमेत खुशी छन् । केराखेतीबाट भएको आम्दानी समूहका सदस्यलाई बराबर वितरण हुँदै आएको छ ।

नवलपरासीको विडीपुर, छिमेकी पूर्वखोला गाउँपालिका र होंसी सिमेण्ट कम्पनीको सडक क्षेत्रमा केराको खपत आएको छ । नवलपरासीको बर्दघाट क्षेत्रबाट यहाँ उत्पादित केरा ठूलो मात्र छ । हप्तामा दुई तीन ट्रक केरा माग रहे पनि एक ट्रक निकासी हुँदै आएको अध्यक्ष सारुको भनाइ थियो ।

मालभोग र राहुस्टार प्रजातिको केरा रोपिएको छ । केराबाट अचार, सब्जी, चिप्स, मःमलगायत विविध परिकार तयार हुन्छ । पाहुनालाई केराका विविध परिकारको स्वाद लिन सकिन्छ । पहाडी जिल्लामा उत्पादित केरा मीठो हुँदा यसको माग तराईका जिल्लामा बढी छ । जिल्ला कृषि विकास कार्यालय र ओकेबाजेको आर्थिक सहयोगमा केराखेती थालिएको हो । डिभिजन वन कार्यालय पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा व्यावसायिक केराखेती विस्तार गरिएको हो । व्यावसायिकरुपमा केराखेतीले स्थानीय बासिन्दाको जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सफल बनेको हो ।

निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले केराको निकासी गर्न समस्या हुँदा वन क्षेत्रदेखि बस्तीसम्म चालू आवको असार मसान्तसम्म मोटरबाटो विस्तार गर्ने बताए । पाल्पाको निस्दी आर्थिकरुपमा केराखेतीबाट एक÷दुई वर्षको अवधिमा जुर्मुराउन थालेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! ३ घण्टा पहिले
नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ ८ घण्टा पहिले
बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? ३ घण्टा पहिले
युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… ६ घण्टा पहिले
प्रदेशकै पहिलो पाँचतारे होटलमा ९ सय जनालाई रोजगारी प्रदेशकै पहिलो पाँचतारे होटलमा ९ सय जनालाई रोजगारी ११ घण्टा पहिले
तीन वर्षमा पाँचवटा नियुक्ति पाउने भाग्यमानी डा. खतिवडा तीन वर्षमा पाँचवटा नियुक्ति पाउने भाग्यमानी डा. खतिवडा ७ घण्टा पहिले
नेपालमा पहिलोपटक कोरोनाले वरिष्ठ चिकित्सकको मृत्यु नेपालमा पहिलोपटक कोरोनाले वरिष्ठ चिकित्सकको मृत्यु ४ घण्टा पहिले
युवराज र लोकदर्शनलाई राजदूत बनाएपछि प्रधानमन्त्री ओलीको आलोचना चुलियो युवराज र लोकदर्शनलाई राजदूत बनाएपछि प्रधानमन्त्री ओलीको आलोचना चुलियो ५ घण्टा पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ६ दिन पहिले
युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! ३ घण्टा पहिले
नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ ८ घण्टा पहिले
विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्महत्या विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्महत्या ७ दिन पहिले
जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! ४ दिन पहिले
बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? ३ घण्टा पहिले
कोरोना जित्न गुर्जो कति खाने, कसरी खाने ? कोरोना जित्न गुर्जो कति खाने, कसरी खाने ? ७ दिन पहिले
युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… ६ घण्टा पहिले