बिहिबार , असोज १५, २०७७

दुई नेपालीसहित पाँच भारतीय बैंकको अरुण तेस्रोमा लगानी

दुई नेपालीसहित पाँच भारतीय बैंकको अरुण तेस्रोमा लगानी

२३ माघ, काठमाडौं । भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनाका लागि रु एक खर्ब बराबरको लगानी जुटेको हो । आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आयोजनामा नेपाली बैंकले रु १५ अर्ब बढी लगानी गरेका छन् भने बाँकी रु ८५ अर्ब लगानी भने भारतीय बैंकले लगानी गर्ने भएका हुन् ।

आयोजना निर्माणका लागि सतलज विद्युत् निगमले एसजेभिएन नामक कम्पनी स्थापना गरेको छ । आयोजनाको हाल २५ प्रतिशत भौतिक प्रगति भएको छ । कूल ९०० मेगावाट क्षमताको सो आयोजनाको वित्तीय व्यवस्थापन भएपछि परियोजनाले थप गति लिने विश्वास गरिएको छ ।

एसजेभिएनका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानका अनुसार आयोजनामा नेपालका एभरेष्ट र नबिल बैंकले रु १५ अर्ब ३६ करोड लगानी गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यस्तै भारतीय बैंकहरु स्टेट बैंक अफ इन्डिया, पञ्जाब नेशनल बैंक, युनियन बैंक अफ इन्डिया, क्यानरा बैंक र भारतीय आयात निर्यात बैंक (एक्जिम) ले रु ८५ अर्ब ९७ करोड ८८ लाख ऋण लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । आयोजनाको प्रवद्र्धक एसजेभिएनले करिब रु २५ अर्ब स्वपूँजीका रूपमा लगानी गरेको छ । सोही पैसाले नै हाल आयोजनाको काम भइरहेको छ ।

आयोजनाको कूल लागत रु एक खर्ब १५ अर्ब बराबर पुग्ने अनुमान गरिएको छ । आयोजनाको संरचना निर्माणका लागि रु एक खर्ब चार अर्ब तथा रु ११ अर्ब रकम भने प्रसारण लाइन निर्माणका लागि खर्च गरिनेछ । नेपाल राष्ट्र बैंक र लगानी बोर्डले स्वीकृति दिएपछि औपचारिकरूपमा ऋण लगानी सम्झौता गरिएको हो । प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डले बुधबार नै वित्तीय व्यवस्थापनका प्रवद्र्धक कम्पनीलाई स्वीकृति दिएको छ ।

नेपालमा लगानी ल्याउन भारतीय रिजर्भ बैंकले समेत अनुमति दिएको छ । आयोजना आगामी २०७९ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना आगामी २५ वर्षपछि चालू अवस्थामा नै नेपाल सरकारले प्राप्त गर्नेछ ।

त्यस्तै प्रसारण लाइन निर्माणका लागि समेत भारतको पञ्जाब नेशनल बैंकले रु आठ अर्ब लगानी गर्ने यसअघि नै सहमति भइसकेको छ । परियोजना विकास सम्झौताअनुसार आयोजनाबाट नेपालले १९७ मेगावाट विद्युत् निशुल्क प्राप्त गर्नेछ ।

आयोजनामा नेपाली बैंकले लगानी गर्ने सहमतिपत्रमा २०७५ चैत १६ मा सम्झौता भएको थियो । प्रबर्धक एसजेभिएनले सङ्खुवासभाको मकालु गाउँपालिकामा आयोजना निर्माण गरिरहेको छ ।

वित्तीय व्यवस्थापन गरेपछि आयोजनाको सम्झौता अवधि गणना हुनेछ । सतलजभन्दा पहिले परियोजना विकास सम्झौता गरेको माथिल्लो कर्णालीको कुनै काम नभइरहेको बेला सतलजको भने निर्माण प्रगति एवं वित्तीय व्यवस्थापनसमेत गरेर आयोजनालाई गति दिएको हो । शुरुमा आयोजनाको लागत रु एक खर्ब चार अर्ब हुने भनिए पनि विभिन्न कारणले लागत बढेर रु एक खर्ब १५ अर्ब जति पुगेको छ ।

लगानी बोर्ड र सतलज विद्युत् निगमबीच २०७१ साल मङ्सिर ९ गते परियोजना विकास सम्झौता (पीडीए) भएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार हाल आयोजनाको बाँध तथा सुरुङ मार्ग निर्माण भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले २०७५ वैशाखमा स्वीच थिचेर आयोजनाको शिलान्यास गरेका थिए ।

हाल आयोजनाको प्रसारण लाइन निर्माणको समेत काम शुरु भएको छ । केही जिल्लामा प्रसारण लाइन प्रभावितलाई मुआब्जा वितरणको कामसमेत भइसकेको छ । आयोजना स्थल सङ्खुवासभाबाट, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।

सो प्रसारण लाइन २१७ किलोमिटर लामो हुनेछ । प्राधिकरणले निर्माण गरिरहेको ढल्केबरस्थित ४०० केभी क्षमताको सवस्टेशनमा विद्युत् जोडिनेछ । सोही सबस्टेशनबाटै नेपालले पाउने विद्युत् लिनेछ भने बाँकी विद्युत् भारत लगिनेछ ।

वित्तीय व्यवस्थापन समारोहमा नेपाल र भारतका बैंकका उच्च अधिकारी उपस्थित थिए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले ठूलो आयोजनामा लगानी गर्न पाउनु आफूहरुका लागि पनि गौरवको विषय भएको बताए ।

निर्माणधीन आयोजनामा करिब तीन हजारले रोजगारी पाएका छन् भने स्थानीयवासीलाई मासिक ३० युनिट विद्युत् निशुल्क पाउने व्यवस्था गरिएको छ । अरुण तेस्रो आयोजनाबाट नेपालले २५ वर्षमा कूल रु तीन खर्ब ४८ अर्ब राजश्व पाउने गरी परियोजना विकास सम्झौता गरिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! ५ घण्टा पहिले
बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? ६ घण्टा पहिले
नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ १० घण्टा पहिले
युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… ८ घण्टा पहिले
प्रदेशकै पहिलो पाँचतारे होटलमा ९ सय जनालाई रोजगारी प्रदेशकै पहिलो पाँचतारे होटलमा ९ सय जनालाई रोजगारी १३ घण्टा पहिले
तीन वर्षमा पाँचवटा नियुक्ति पाउने भाग्यमानी डा. खतिवडा तीन वर्षमा पाँचवटा नियुक्ति पाउने भाग्यमानी डा. खतिवडा १० घण्टा पहिले
नेपालमा पहिलोपटक कोरोनाले वरिष्ठ चिकित्सकको मृत्यु नेपालमा पहिलोपटक कोरोनाले वरिष्ठ चिकित्सकको मृत्यु ६ घण्टा पहिले
वालिङमा जिउँदो गाई काट्ने तीन जना पक्राउ वालिङमा जिउँदो गाई काट्ने तीन जना पक्राउ ३ घण्टा पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ६ दिन पहिले
युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! ५ घण्टा पहिले
बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? ६ घण्टा पहिले
नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ १० घण्टा पहिले
युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… ८ घण्टा पहिले
जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! ४ दिन पहिले
काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र ७ दिन पहिले
सुनिलले केएमसीमा १९९९ र नोबेलमा १५५० रुपैयाँमा पीसीआर थालेपछि मन्त्री ढकाल तनावमा सुनिलले केएमसीमा १९९९ र नोबेलमा १५५० रुपैयाँमा पीसीआर थालेपछि मन्त्री ढकाल तनावमा २ दिन पहिले