बिहिबार , असोज १५, २०७७

सरकार जोगिने र प्रतिपक्ष जेल जाने तयारी : सांसद पाण्डे

सरकार जोगिने र प्रतिपक्ष जेल जाने तयारी : सांसद पाण्डे

२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले ललिता निवास जग्गा प्रकरणमा संवैधानिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपक्षीय निर्णय गरेको आरोप लागाउँदै सरकार जोगिने र प्रतिपक्ष जेल जाने तयारी जस्तो देखिएको बताएका छन् ।

अख्तियार आयोग सरकारको छायाँ हुन नहुने उनको भनाइ थियो । सांसद जीवन बुढाले देशका विभिन्न स्थानमा टिपर आतङ्क बढ्दै गएको भन्दै त्यसलाई व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद कालीबहादुर मल्लले लागुऔषधका कारण युवापुस्ता गलत बाटोमा लागेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।

नेकपा समर्थक सांसदले भने वर्तमान सरकारले भ्रष्टाचार अन्त्यको अभियानलाई व्यवहारमै कार्यान्वयन गर्नुले मुलुकका लागि सकारात्मक सङ्केत भएको टिप्पणी गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद रामनारायण विडारीले वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा विरोध गर्नु गलत भएको बताए ।

“भ्रष्टाचारलाई विगतदेखि नै जटिल बनाउँदै कसैले पनि ‘एक्सन’ गर्न नसक्ने बनाइएको थियो, वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारीलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा नेपालको प्रगति नै रोक्ने भ्रष्टाचार तितरवितर गराएको अवस्थामा किन विरोध भइरहन्छ”, उनले भने ।

उनले ‘वर्तमान सरकारले सुन तस्करलाई खोजेर पक्राउ गरेको छ, न्यायाधीशलाई कारवाही गरेको छ र प्रहरीका अधिकारीलाई जेलमा हालेको छ, अख्तियारका प्रमुख नै भ्रष्टाचारमा मुछिएका छन् । मन्त्री, सचिव र उद्योगपति कर्मचारीहरुलाई भ्रष्टाचारको मुद्दा लाग्दा सरकारले गजब गरेको भन्नुपर्ने हैन र ?’ भन्दै प्रश्न गरे ।

उनले भने, “कारवाही नगरे खै कारवाही गरेको भन्छन्, कारवाही ग¥यो किन गरेको भन्छन्, फौजदारी अपराधमा मनसाय महत्वपूर्ण कुरा हो मनसाय छ कि छैन त्यो हेर्नुप¥यो नि । दुई–तीन तहपछि जग्गा किनेको मान्छेलाई के थाहा । अब अदालतले एकएक केलाएर मुद्दा हेर्ने भएकाले विरोधको कुनै तुक छैन ।”

सांसदहरू रामलखन चमार, रामप्रीत पासवान र उदयादेवी शर्मा पौडेलले मुलुकमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत र महङ्गीलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! ५ घण्टा पहिले
बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? ६ घण्टा पहिले
नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ १० घण्टा पहिले
युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… ९ घण्टा पहिले
प्रदेशकै पहिलो पाँचतारे होटलमा ९ सय जनालाई रोजगारी प्रदेशकै पहिलो पाँचतारे होटलमा ९ सय जनालाई रोजगारी १३ घण्टा पहिले
तीन वर्षमा पाँचवटा नियुक्ति पाउने भाग्यमानी डा. खतिवडा तीन वर्षमा पाँचवटा नियुक्ति पाउने भाग्यमानी डा. खतिवडा १० घण्टा पहिले
नेपालमा पहिलोपटक कोरोनाले वरिष्ठ चिकित्सकको मृत्यु नेपालमा पहिलोपटक कोरोनाले वरिष्ठ चिकित्सकको मृत्यु ६ घण्टा पहिले
अब को बन्ला नयाँ अर्थमन्त्री ? अब को बन्ला नयाँ अर्थमन्त्री ? ६ घण्टा पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ७ दिन पहिले
युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! ५ घण्टा पहिले
बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? ६ घण्टा पहिले
नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ १० घण्टा पहिले
युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… ९ घण्टा पहिले
जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! ४ दिन पहिले
सुनिलले केएमसीमा १९९९ र नोबेलमा १५५० रुपैयाँमा पीसीआर थालेपछि मन्त्री ढकाल तनावमा सुनिलले केएमसीमा १९९९ र नोबेलमा १५५० रुपैयाँमा पीसीआर थालेपछि मन्त्री ढकाल तनावमा २ दिन पहिले
काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र ७ दिन पहिले