कलेजका विद्यार्थीलाई तरकारी खेतीको तालिम
नेपालबहस संवाददाता
माघ २३, २०७६ शुक्रबार १:१:५०
२३ माघ, गल्याङ्,स्याङ्जा । स्याङजाको गल्याङ नगरपालिका– ३ स्थित गल्याङ बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई अदुवा खेती तथा तरकारी खेती सम्बन्धी तालिम प्रदान गरिएको छ ।
जी.एम.सी कृषि तथा पशुपालन समुहको आयोजनामा विद्यार्थीलाई तालिम प्रदान गरिएको हो । क्याम्पसको सभाहलमा सुरु भएको तालिममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले कृषि क्षेत्रमा नगरपालिकाले सफलता हात पार्दे गएको बताए । उनले आर्थिक समृद्धिका लागि कृषि अपरिहार्य रहेको भन्दै कृषि क्षेत्रमा युवाहरुको आर्कषण बढ्नु राम्रो पक्ष भएको बताए ।
नगर प्रमुख अधिकारीले कृषि क्षेत्रको बारेमा विद्यार्थीलाई ज्ञान सीप प्रदान गर्न सकियो भने उनीहरुबाट अन्य व्यक्तिमा सीप हस्तान्तरण हुने बताए । कृषितर्फ विद्यार्थीको रुचि बढ्दै गएकोमा आफुलाई खुशी लागेको बताउदै कृषिमुलक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिन उनले सुझाव दिए । तालिममा गल्याङ बहुमुखी क्याम्पसमा अध्ययनरत १२५ जना विद्यार्थीको सहभागिता थियो ।
तालिममा गल्याङ नगरपालिका कृषि शाखाका प्रमुख शिव ढकाल, अदुवा विशेषज्ञ शिव न्यौपानेले सहजिकरण गरेका छन् । तालिम भोलि समापन हुने छ । जी.एम.सी कृषि तथा पशुपालन समुहका अध्यक्ष शिव भट्टराईको सभापतित्वमा भएको तालिमको सञ्चालन सचिव सुर्य बहादुर धमेल (सुमित) ले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार
निर्माणाधीन पदमार्ग पर्खाल
बैशाख १३, २०८१ बिहिबार