प्रतिनिधिसभाको बैठक ३० मिनेटको लागि स्थगित
नेपालबहस संवाददाता
माघ २४, २०७६ शुक्रबार १९:५६:३९
माघ २४, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलका उप नेता विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै प्रतिनिधिसभाको बैठकमा शुक्रबार पनि अवरोध गरेको छ । झण्डै २० मिनेटसम्म कांग्रेसले अवरोध जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
कांग्रेस सांसदहरुले दिउँसो सवा १ बजेपछि सुरु भएलगतै कार्यसूचीमा प्रवेश गर्न नदिकन नै उठेर विरोध जनाएका हुन् । त्यस पछि सभामुख सापकोटाले बैठक प्रारम्भ भएको घोषणा पटक–पटक गरे तर कांग्रेसका संसदले भने कुनै पनि हालतमा बैठक चल्न नदिने अडान कायम राखे । कांग्रेस संसदहरुले टेबल ठोक्दै आ–आफ्नो ठाउँबाट उभिएका थिए।
त्यसपछि सभामुख सापकोटाले कांग्रेस सांसद मिनबहादुर विश्वकर्मालाई बोल्न समय दिएका थिए । विश्वकर्माले ‘निर्दोष’ गच्छदारलाई मुद्दा हालेर सयौं दोषीलाई उन्मुक्ति दिएको आरोप लगाए । उनले सरकारले कांग्रेस नेताहरुलाई नियोजित रुपमा फसाउने नीति सरकारले लिएको आरोप लगाए । सरकारकाे याे कदमकाे उनले कडा प्रतिवाद गरेका थिए ।
उनले सरकारको छायाँमा परेर अख्तियारले व्यक्ति छानीछानी मुद्दा चलाइएको आरोप लगाउँदै बैठक अघि बढ्न नसक्ने घोषणा गरे । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले आज पनि सदन अवरुद्ध गर्ने निर्णय गरेको थियो।
सभामुख सापकोटाले अन्तिम पटक अन्तिम पटक भन्दै धेरै चोटी सोच्नका लागि विशेष अनुरोध गरिरहे । तर कांग्रेस सांसदहरुले बैठकमा अवरोध जारी राखिरहेपछि सभामुख सापकोटाले सदनको कामकारबाही अघि बढाउनका लागि बसी दिन धेरै पटक आग्रह गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार