आईजीपी नियुक्ति निर्विकल्प, ठाकुर ज्ञवाली पक्का
नेपालबहस संवाददाता
माघ २५, २०७६ शनिबार २०:२६:३७
♦ मधु लम्साल
२५ माघ, काठमाडौं । नेपाल प्रहरी संगठनको करिब तीन दशकको इतिहासमा पहिलो पटक आईजीपी नियुक्ति निर्विकल्प र विवादरहित हुने भएको छ । प्रतिस्पर्धीहरुबीच नेतृत्वमा पुग्न अस्वस्थ प्रतिस्पर्धा नभएपछि हाल १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवाली निर्विकल्प आईजीपी हुने अवस्था आएको हो । विगतका दिनमा जस्तो अस्वस्थ्य चलखेल, आरोप-प्रत्यारोप, चाकडी, दौडधुप र ब्रिफकेश काण्ड पनि यसपटक सुन्न परेन ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले एक नम्बरमा रहेका नवराज सिलवाललाई प्रहरी महानिरीक्षक नबनाएर तेस्रो वरियताका जयबहादुर चन्दलाई आईजीपी बनाएपछि सर्वोच्च अदालतले रोकेको थियो । त्यसपछि दोस्रो वरियताका प्रकाश अर्याल आईजीपी बनेका थिए । जयबहादुर चन्दलाई आईजीपी नियुक्ति गर्दा एक नम्बर वरियतामा रहेका नवराज सिलवालको पक्षमा वकालत गरेका नेकपा अध्यक्ष केपी शर्मा ओली हाल प्रधानमन्त्री भएका कारण पनि सरकारले हाल एक नम्बर वरियतामा रहेका ज्ञवालीको विकल्प देखेको छैन । त्यसैले भावी प्रहरी महानिरीक्षकका रुपमा विवादरहित, स्वच्छ र व्यावसायिक छविका ठाकुर ज्ञवालीलाई सरकारले मंगलबारदेखि प्रहरी संगठनको नेतृत्व सम्हाल्ने अवसर दिँदैछ ।
२०४७ असार २५ गतेदेखि प्रहरी निरीक्षकबाट ज्ञवालीले प्रहरी सेवा सुरु गरेका थिए । सेवाको यति लामो अवधिमा ज्ञवाली कर्तव्यनिष्ठ र इमानदार प्रहरी अधिकृतका रुपमा परिचित छन् । कार्यदक्षता, क्षमता र अनुसन्धानमा उत्कृष्ट ज्ञवालीलाई नै सरकारले महानिरीक्षक बनाउने पक्का भएको छ । गृहसचिव महेश्वर न्यौपानेले सुरक्षा संयन्त्रमा चेन अफ कमाण्डको महत्त्व बुझेका छन् । यसले गर्दा पनि उनको सम्भावना बलियो छ । वरिष्ठ डीआईजीको साथै सादा जीवन उच्च विचार लिएर हिँड्ने र कुशलतापूर्वक कमाण्ड सम्हाल्न सक्ने ज्ञवालीलाई अब नेपाल प्रहरीको कमाण्डरका रुपमा देख्न पाइने पक्कापक्की छ ।
कसैको आग्रह र प्रभाव बिना नै प्रहरी नेतृत्वमा पुग्न सफल हुने भएकाले आगामी पाँच महिने कार्यकालमा संगठनको छवि सुधार्न ज्ञवाली सफल हुनेछन् । संगठनका सदस्यको मनोवल उकास्ने, देशको शान्ति सुरक्षा कायम गर्ने कार्यमा भावी आईजीपी ज्ञवाली दत्तचित्तका साथ लागि पर्न कतैबाट दवाव पर्ने अवस्था छैन । यस्तो महत्वपूर्ण अवसरलाई सदुपयोग गरी भविष्यमा पनि संगठनको नेतृत्व छनोटमा कसैको निगाहाको आवश्यकता नपर्ने मार्गप्रशस्त गरिदिने अवस्था सिर्जना होस् ।
संगठनको नेतृत्वमा पुग्दै गर्दा कयौं आईजीपीले यसो गर्छु, उसो गर्छु भनेर केही बुँदे कार्ययोजना पनि पस्किए । तर, ती कार्ययोजना एकातिर, आईजीपीका क्रियाकलाप अर्कातिर हुँदै गएको अवस्थामा ठाकुर ज्ञवालीबाट संगठन, देश र जनताले राखेको अपेक्षा पक्कै पूरा हुनेछन् भन्ने विश्वास गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार