प्रेस युनियन तनहुँको अध्यक्षमा नहर्की निर्वाचित
नेपालबहस संवाददाता
माघ २६, २०७६ आइतबार १७:३५:९
२६ माघ, काठमाडौं । नेपाल प्रेस युनियन तनहुँ शाखाको सातौँ अधिवेशनबाट अमरराज नहर्की अध्यक्ष पदमा निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अध्यक्षमा निर्वाचित नहर्कीले ३० मत र उनका प्रतिस्पर्धी पवन पौडेलले १९ मत प्राप्त गरेका थिए। यसैगरी सचिवमा प्रकाश अधिकारी ३० मत ल्याइ निर्वाचित भए। छ कूल ६४ सदस्यमध्ये ५० मत खसेको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष र सचिव पदमा मात्र निर्वाचन भएको थियो । अन्य पदमा सर्वसम्मत भएको थियो । अधिवेशनबाट शाखाको उपाध्यक्षमा प्रताप रानामगर, महिला उपाध्यक्षमा मिला दरै, सहसचिवमा शिला वाग्ले, कोषाध्यक्षमा प्रकृति खनाल न्यौपाने र सदस्यमा श्रीहरि पौडेल, रमेश विकल, अप्सरा श्रेष्ठ, सञ्जय श्रेष्ठ र मुना कालिराज विके निर्वाचित भएका छन्।
यसैगरी केन्द्रीय पार्षदमा डम्बर अधिकारी, ओमकार आचार्य, सोनी शर्मा, वसन्त कँडेल, विमला दुवाडी, मदन वाग्ले, शैलेन्द्र मिश्र, डिपी अधिकारी, अञ्जु दाहाल र प्रदेश पार्षदमा पूर्ण विके, दीपेन्द्र पौडेल, स्वस्तिका भट्टराई गैरे, सङ्गम सापकोटा, विष्णु मास्की, डिल्लीराज जोशी र शैलेश खाती निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष नहर्कीले श्रमजिवी पत्रकारको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए। सोही अवसरमा निवर्तमान अध्यक्ष ओमकार आचार्यले नवनिर्वाचित अध्यक्ष नहर्कीलाई ‘माइन्युट’ हस्तान्तरण गरे। नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले अधिवेशनको उद्घाटन गरेका थिए। सोही अवसरमा नेपाल विद्यार्थी सङ्घका पूर्वसहमहामन्त्री लक्ष्मीभक्त खनालले स्व पिता नरहरि खनालको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापनाका लागि रु ५० हजारको चेक हस्तान्तरण गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार