कालीमाटी भित्रिएको हरियो तरकारीमा विषादी बढ्यो
नेपालबहस संवाददाता
माघ २८, २०७६ मंगलबार १३:५२:१२
२८ माघ काठमाडौं । देशकै ठूलो तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परीक्षण प्रतिवेदनमा विषादीको प्रयोग बढेको उल्लेख छ ।
आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को तुलनामा चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो सात महिनामा कालीमाटी बजारमा भित्रिएको तरकारीको नमुना परीक्षण गर्दा विषादीको प्रयोग बढेको पाइएको हो । सो एकाइका अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा एक हजार ४०२ वटा नमुना परीक्षण गरिएकोमा १२ वटा नमुनामा खानै नहुने विषादीको मात्रा भेटियो भने तीनवटा आठ-दस दिन पर्खेर खान मिल्ने पाइयो ।
सो एकाइका अनुसार आव २०७५/७६ मा तीन हजार १२४ वटा नमुना परीक्षण गरेकोमा दुईवटा खाना नहुने र दुईवटा केही दिन पर्खेर खानुपर्ने भेटिएका थिए भने आव २०७४/७५ मा एक हजार ८५० वटा नमुना परीक्षण गरेकोमा तीनवटामा खान नहुने र एउटा केही दिन पर्खेर खानुपर्ने भेटिएको थियो ।
यस्तै आव २०७३/७४ मा एक हजार ९३० वटा नमुना परीक्षण गर्दा २२ वटा खान नहुने र पाँचवटा केही दिन पर्खेर खानुपर्ने पाइएका थिए भने आव २०७२/७३ एक हजार ९३६ वटा नमुनामा १० वटा खाना नहुने र आठवटा केही दिन पर्खेर खानुपर्ने भेटिएका थिए । त्यसैगरी, आव २०७१/७२ मा एक हजार ५७० वटा नमुनामा चारवटा खान नहुने र १५ वटा केही दिन पर्खेर खानपर्ने भेटिएका थिए ।
घिउसिमी र काउलीमा बढी
एकाइका बाली संरक्षण अधिकृत प्रकाश घिमिरेले पछिल्लो सात महिनामा परीक्षण गरेका तरकारीका नमुना घिउसिमीमै पटकपटक खान नहुने विषादीको प्रयोग भएको पाइएको जानकारी दिए । उनले यस वर्ष परीक्षण गरिएका तरकारीका नमुनामा खान नहुने विषादी प्रयोग हुनेमा सबैभन्दा बढी ‘चारवटा’ सिमी र दुईवटा काउलीका नमुनामा भेटिएको जानकारी दिए ।
उनका अनुसार अधिक विषादी भेटिएका सिमीका नमुनामध्ये एउटा भारतबाट आएको र तीनवटा झापा, काभ्रे र सल्र्लाहीमा उत्पादन भएका थिए । यस्तै काउली धादिङ र बारामा उत्पादन भएका थिए । यस्तै, खाना नहुने विषादी प्रयोग भएका भारतबाट आएको एउटा केरा, सिन्धुपाल्चोकको गोलभेँडामा पनि खान नहुने विषादी प्रयोग भएको पाइएको सो एकाइले जनाएको छ । अघिल्ला वर्षमा गोलभेँडामा बढी विषादी भेटिने गरेकोमा यस वर्ष खान नमिल्ने र पर्खेर खानुपर्ने दुवैमा घिउसिमी बढी भएको उनको भनाइ छ ।
उनका अनुसार विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा माथि भएमा त्यसलाई खान हुँदैन तुरुन्त नष्ट गर्नुपर्छ भने विषादीको रोकावट दर ३५ भन्दा माथि र ४५ भन्दा कम छ भने त्यसलाई आठ-दस दिन पर्खेर मात्र खान सकिन्छ ।
यस्तै विषादीको रोकावट दर ३५ सम्म छ भने उपभोग गर्न सकिन्छ । बाली संरक्षण अधिकृत घिमिरेले कालीमाटीमा प्रयोगशाला स्थापना भएसँगै क्रमशः तरकारीमा प्रयोग गरिने विषादीमा सुधार देखिएको भए पनि यस वर्ष नपत्याउने गरी बढेको तथ्यले नै प्रमाणित गरेको बताए । उनको अनुभवमा कुनै बेला तरकारीको नमुना लिएकामध्ये ९० प्रतिशतसम्म विषादी भेटिने गरेकोमा अहिले त्यो अवस्था छैन तर यस वर्ष विषादीको प्रयोग नपत्याउने गरी बढेको छ ।
कार्यविधि कार्यान्वयनमा
सरकारले विषादी बढी प्रयोग गरिएका तरकारी नष्ट गर्न ‘विषादी अवशेष विश्लेषण परीक्षण कार्यविधि २०१७’ जारी गरी कार्यान्वयनमा पनि ल्याइएको छ । कार्यविधि अनुसार कालीमाटी बजारमा भित्रिएका तरकारीको विषादी परीक्षण गर्न थालेपछि त्यहाँ भित्रिने तरकारीका मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने विषादी प्रयोगको मात्रामा क्रमशः घटेको थियो ।
यो वर्ष पुनः बढेको घिमिरेको भनाइ छ । हाल विषादी अवशेष द्रुत विश्लेषण एकाइ काठमाडौँसहित पोखरा, बुटवल र बिर्तामोड, नेपालगञ्ज, सर्लाही र धनगढीमा सञ्चालनमा छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्दका अनुसार पछिल्लो समयमा पछिल्लो समयमा तरकारीमा कडा विषादी प्रयोग बढेको छ ।
अनुसार चालू आवको मङ्सिरसम्म १७० वटा विषादी पञ्जीकृत छन्, जसमा सबैभन्दा धेरै कीटनाशक ६० वटा, ढुसीनाशक ४२, झारनाशक ३० वटा, जैविक १४, वनस्पतिजन्य १३ र अन्य नौवटा छन् । केन्द्रले रासायनिक विषादीको प्रयोगलाई विस्तारै कम गर्ने र जैविक तथा वनस्पतिजन्य विषादीलाई प्रवद्र्धन गर्नेगरी काम गर्दै आएको दाबी गरेको छ ।
धेरै गुनासो आएपछि २०७१ असार ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालले कालीमाटी बजारमा उक्त एकाइ स्थापना गर्नुभएको हो । यस एकाइले त्यसयता निरन्तर कालीमाटीमा भित्रिएका तरकारीको नमुना परीक्षण गर्दै आएको छ ।
त्यस वर्षको असार महिनामा मात्रै १८७ वटा तरकारीका नमुना परीक्षण गरिएकोमा २६ वटा खान नहुने, छवटा पखिर्नुपर्ने र १५५ वटा खान नहुने पाइएको थियो । कालीमाटीमा भित्रिने तरकारीको छड्के रूपमा विषादीको अवस्था परीक्षण हुन थालेपछि विगतका वर्षमा क्रमशः घटेको भए पनि यो वर्ष भने नपत्याउने तरिकाले बढेको बताए । गोरखापत्रबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता ल्याउन गृहको निर्देशन
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार