फ्रान्समा आँधी र हुरिबतास : करिब ९० हजार घर अन्धकार
नेपालबहस संवाददाता
माघ २८, २०७६ मंगलबार १५:४७:५१
२८ माघ एजेन्सी । आइतबार बिहानदेखि चलेको आँधी र हुरिबतासले फ्रान्समा करिब ९० हजार घर अँध्यारो बनेका छन् । सियरा नाम राखिएको यो हुरिबतासले सयौं बिजुलीका पोल ढालिदिएपछि बिजुली गएको हो ।
प्रतिघण्टा १६० किलोमिटरसम्मको गतिमा आएको आँधी र हुरिबतासले फ्रान्सको ब्रतान्य, नोरमदी, काले, ओत द फँसलगायतका ठाउँमा ठूलो क्षति पुर्याएको छ । आँधीका कारण केहीठाउँमा स्कुल बन्द गरिएको छ । आँधी र हुरिबताससँगै परेको पानीले थुप्रै भाग डुबाएको छ ।
अकस्मात परेको पानीले बाढी ल्याउँदा थुप्रै ठाउँमा सवारी साधनहरु डुबेका छन् । हुरिबतासकै कारण नोरमदी, बुलोन्य, ओ द फँस र कालेलगायतका ठाउँमा सार्वजनिक रेल सुविधा अवरुद्ध भएका थिए ।
चार हजार मानिसहरु आँधी र हुरिबतासले उद्योग तथा कलकारखानामा पार्न सक्ने क्षतिको निगरानी गर्न खटिएका थिए ।फँस आँफोका अनुसार हिजो बिहानदेखि आएको आँधी र हुरिबतासले पोल्यान्डमा दुई र बेलायतमा एक जनाको ज्यान लिएको छ । थुप्रै मानिस घाइते बनेका छन् ।
फ्रान्सका प्रमुख ९६ डिपार्टमेन् मध्ये फ्रन्सको जल तथा मौसम विभागले ११ वटा डिपार्टमेन्ट बाहेक अन्यले सहीसूचना दिन नसकेको भन्दै फ्रान्सेली मिडियाहरुले आलोचना गरेका छन् । सुरक्षाका हिसाबले फ्रान्सलाई हाल पहेंलो अर्थात् सतर्कताको सूचीमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
सेना र हतियार खर्चमा अमेरिका पहिलो स्थानमा, भारतले कति खर्च गर्छ ?
बैशाख ११, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
विमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार