कांग्रेसविरुद्ध रणनीति बनाउँदै ओली-प्रचण्ड
नेपालबहस संवाददाता
माघ २८, २०७६ मंगलबार १८:१८:४२
२८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्ताबाट प्रभावित भएको आरोप लगाउँदै संसद् अवरुद्ध गर्न थालेपछिको रणनीति तयार गर्न आज बिहान नेकपाका दुई अध्यक्षबीच छलफल भएको छ ।
प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बिहान लञ्चसहित वार्ता भएको हो । बालुवाटार निकट स्रोतका अनुसार मन्त्रिपरिषद बैठक लगत्तै ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको थियो ।
नेपाली कांग्रेसले सत्ताको प्रभाव अख्तियारमा पारेको आरोप लगाएको सन्दर्भमा कसरी जाने भन्नेबारे छलफल भएको बताइएको छ । साथै मन्त्रिपरिषदले नीतिगत निर्णय गरेको भन्दै पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको विषयमा पनि कुराकानी भएको स्रोतको दावी छ ।
यसबारे निकट कानून व्यावसायीसँग छलफल गर्नु आवश्यक रहेको सन्दर्भमा समेत दुबै अध्यक्ष सहमत भएका थिए । साथै, पार्टी एकीकरणबा बाँकी काम तत्काल गर्न सचिबालय बैठक बोलाउन महासचिव विष्णु पौडेललाई अह्राउन अध्यक्षद्वय सहमत भएका छन् ।
यसैगरी पूर्व माओवादीले मनाउँदै आएको जनयुद्ध दिवसमा यस पटक प्रधानमन्त्री ओलीसमेत सहभागी हुने भएका छन् । यसबारे आज प्रचण्डसँग सहमति जनाएका हुन् । हरेक वर्ष फागुन १ लाई पूर्व माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउने गरेको छ । विगतमा प्रधानमन्त्री ओलीले माओवादीको जनयुद्धलाई हिंसा दिवस भन्ने गर्थे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा ६ खेलाडी सहभागी हुँदै
बैशाख ६, २०८१ बिहिबार
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल
बैशाख ६, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
सभापति देउवा र अध्यक्ष नेपाल भेटघाटमा बैकल्पिक गठबन्धनको चर्चा
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
भारतमा निर्मित आईफोनको निर्यात एकै वर्षमा दोब्बर
बैशाख ६, २०८१ बिहिबार