मंगलबार , फागुण २५, २०७७

१ अर्ब ५० करोड माथिको कारोवार हुँदा बजार मुख्य प्रतिरोध क्षेत्रमा पुगेकै हो ?

१ अर्ब ५० करोड माथिको कारोवार हुँदा बजार मुख्य प्रतिरोध क्षेत्रमा पुगेकै हो ?

२८ माघ, काठमाडौं । साताको तेश्रो कारोवार दिन नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । हिजो सामान्य अंकले वृद्धि भएको बजार आज १७ दशमलव ११ अंकको वृद्धि देखाएकाे छ । आज ४० लाख १८ हजार कित्ता शेयर खरीद बिक्री भएकोमा कारोवार रकम भने वृद्धि भएर १ अर्ब ५४ करोड पुगेको छ । आज बजारले बुलिश आकृति बनाएको थियो । Nepse Index 1

बजारलाई मुख्य ड्राइभ गर्ने वाणिज्य बैंकको उपसुचकमा १ दशमलव २७ प्रतिशतको वृद्धिसंगै बजारलाई टेवा पुगेको देखिन्छ । आज माईक्रोफाईनान्स उपसुचकमा सर्वाधिक ३ दशमलव २ प्रतिशतको वृद्धि हुँदा ट्रेडिङ्ग उपसुचकमा सर्वाधिक १ दशमल ३३ प्रतिशतको गिरावट आएको छ। आज ट्रेडिङ्ग उपसुचहक बाहेक सम्पूर्ण उपसुचकमा वृद्धि देखिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

SubIndex 1

बजार १३२४ दशमलव ३१ को विन्दुमा खुलेकोमा १३४२ दशमलव ९१को उच्च विन्दु सम्म पुगेको थियो । बजारले ११ बजेर ३७ मिनेटमा उच्च विन्दु समातेको थियो । त्यस्तै बजारको न्यून विन्दु र खुला विन्दु एकै रहेको छ । बजारले ११ बजेर ३७ मिनेटमा बनेको आजको उच्च विन्दु तोड्न धेरै प्रयास गरे पनि त्यो असफल भएको थियो । अन्त्यमा बजार उच्च विन्दुमै बन्द हुन खोजेको थियो ।

Graph2

Grph

आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु :

Turnovers 1

Gainers 4 Loosers 5

माघ २८ गतेको प्राविधिक विस्लेषण 

मुख्य प्रतिरोध : १३५० देखि १३६० पहिलो टेवा : १३३०

  • आज नेप्से बढ्दो प्रवृत्तिमा रहेको छ। बढेको बजारमा कारोबार रकमले समर्थन गरेको छ ।
  • आजको मैनबत्तीले “बुलिस मारुबोजु” चित्र बनाएको छ। यसले बजार बढ्न सक्ने जानकारी गर्दछ ।
  • दैनिकी अवधिमा “आरएसआई” ६५ दशमलब २५ को बिन्दुमा छ। आरएसआईको प्रवृत्तिले बजारमा खरिदकर्ताको चाप हुन थालेको  जानकारी गराएको छ ।
  • “एडिएक्स” सामान्य रहे पनि जोड र बेजोड “डाइरेक्सनल इन्डेक्स”हरुले खरिदकर्ताको चाप हुन थालेको जानकारी दिएको छ ।
  • “अन ब्यालेन्स भल्यूम” ले आज बजारमा खरिदकर्ताको चाप रहेको जनाएको छ ।
  • नेप्से बढेमा मुख्य प्रतिरोध १३५० देखि १३६० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३३० को क्षेत्रमा पाउने देखिन्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्ने ल्याइएको अध्यादेश रोकिनुहुन्न : ओली तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्ने ल्याइएको अध्यादेश रोकिनुहुन्न : ओली १८ घण्टा पहिले
पश्चिम चितवनतर्फ आकर्षित हुन थाले पर्यटक पश्चिम चितवनतर्फ आकर्षित हुन थाले पर्यटक २ घण्टा पहिले
सकसपूर्ण अवस्थामा माधव र झलनाथ सकसपूर्ण अवस्थामा माधव र झलनाथ १९ घण्टा पहिले
मानव शरीरमा १०७ मर्मस्थान, जहाँ हिर्काउँदा तत्कालै निधन हुनसक्छ ! मानव शरीरमा १०७ मर्मस्थान, जहाँ हिर्काउँदा तत्कालै निधन हुनसक्छ ! २ घण्टा पहिले
आलु भित्र्याएर मनाए वालिङका महिलाहरुले अन्तर्राष्ट्रिय महिला दिवस आलु भित्र्याएर मनाए वालिङका महिलाहरुले अन्तर्राष्ट्रिय महिला दिवस १७ घण्टा पहिले
अफगानिस्तानकाे कारबाहीमा परी १० जना लडाकूको मृत्यु अफगानिस्तानकाे कारबाहीमा परी १० जना लडाकूको मृत्यु २४ घण्टा पहिले
ओलीकाे कटाक्ष : म कुन पार्टीको सदस्य हो भन्ने लाग्छ भने अदालतलाई सोध्नु ! ओलीकाे कटाक्ष : म कुन पार्टीको सदस्य हो भन्ने लाग्छ भने अदालतलाई सोध्नु ! २२ घण्टा पहिले
दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति २२ घण्टा पहिले
वैदेशिक रोजगारी छाडेर च्याउ खेतीमा युवा वैदेशिक रोजगारी छाडेर च्याउ खेतीमा युवा ६ दिन पहिले
सरकारले खरिद गरेको मल बुधबार कोलकात्ताबाट नेपालतर्फ हिडाइँने सरकारले खरिद गरेको मल बुधबार कोलकात्ताबाट नेपालतर्फ हिडाइँने ७ दिन पहिले
गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई जीवनभर कारावासको सजाय, छोरीलाई सफाइ ! गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई जीवनभर कारावासको सजाय, छोरीलाई सफाइ ! ६ दिन पहिले
म्यान्मारको सेनाद्वारा सरकारमा सहभागी हुन दलहरुलाई आग्रह, दलहरुद्वारा अस्वीकार म्यान्मारको सेनाद्वारा सरकारमा सहभागी हुन दलहरुलाई आग्रह, दलहरुद्वारा अस्वीकार ४ हप्ता पहिले
ओलीले विप्लवसँग सहयात्राको प्रस्तावका साथ अगाडि बढ्ने ओलीले विप्लवसँग सहयात्राको प्रस्तावका साथ अगाडि बढ्ने ४ दिन पहिले
युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्ति सार्वजनिक युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्ति सार्वजनिक ५ दिन पहिले
नेपाल बेष्ट म्युजिक अवार्ड घोषणा, चैतका लागि ३९ विधामा फर्म खुल्ला नेपाल बेष्ट म्युजिक अवार्ड घोषणा, चैतका लागि ३९ विधामा फर्म खुल्ला ३ हप्ता पहिले
साउथ अफ्रिकाको टिम टि–ट्वान्टी खेल्न आयरल्याण्ड जाने साउथ अफ्रिकाको टिम टि–ट्वान्टी खेल्न आयरल्याण्ड जाने ३ हप्ता पहिले