विमानस्थलको आगलागीबारे छानबिन समिति गठन
नेपालबहस संवाददाता
माघ २८, २०७६ बुधबार ४:२:४२
२८ माघ काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार भएको आगलागीको घटनाबारे छानबिन गर्न छानबिन समिति गठन गरेको छ । पर्यटन मन्त्रालय ‘सचिवस्तर’को मंगलबारको बैठकले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिको सदस्यमा मन्त्रालयकै उपसचिव राजन नेपाल, प्रहरी प्रधान कार्यालयका एसपी केदार ढकाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक कुलप्रसाद सिंखडा र उपनिर्देशक विक्रम गौतम रहेका छन्। समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाइ सात दिनभित्र मन्त्रालय समक्ष सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको पर्यटन मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
“उक्त आगलागी सम्बन्धमा सम्भाव्य कारण पत्ता लगाइ भविष्यमा विमानस्थलको सञ्चालनमा असर पुग्न नदिने उद्देश्यले के कस्तो सुरक्षा सतर्कता अपनानुपर्ने हो सोको सम्बन्धमा अनुसन्धान एवं जाँचबुझ गरी भविष्यमा यस्ता घटना दोहो¥याउन नदिन घटनाको सत्यतथ्य बुझी सात दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने समतिलाई जिम्मेवारी दिइएको छ”, विज्ञप्तिमा भनिएको छ ।
विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलको स्टेराइल क्षेत्र ‘प्रस्थान कक्ष’ सञ्चालित कफी सपमा गएराति ८ः१५ बजे आगलागी भएको थियो । आगलागीका कारण अन्तरराष्ट्रिय उडान-अवतरण सेवा अवरुद्ध भई यात्रु वर्गमा पर्न गएको असुविधाका लागि मन्त्रालयले दुःख व्यक्त गरेको छ ।
विमानस्थलस्थित उद्धार तथा अग्नि निवारण सेवाका वारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै विमानस्थलका कर्मचारीको सहयोगमा आगाली नियन्त्रणमा ल्याई एक घण्टा १० मिनेट अवरुद्ध भएको उडान सेवा बेलुकी ९ः२५ बजेबाट सञ्चालन भएको थियो । आवश्यक परे अन्य विज्ञको सेवा सहयोग लिन सक्ने र आवश्यक कर्मचारी तथा सचिवालय मन्त्रालयले तोक्ने सक्ने निर्णयसमेत बैठकले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार