कान्छो वाणिज्य बैंक सेञ्चुरीकाे दिन प्रतिदिन प्रगति, खुद मुनाफामा २५ प्रतिशतले बृद्धि
आर्थिक संवाददाता
माघ २९, २०७६ बुधबार २१:५८:३९
२९ माघ, काठमाडौं । सबैभन्दा कान्छो वाणिज्य बैंकका रुपमा नेपाली वाणिज्य बैंक क्षेत्रमा उदाएको सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासकाे वित्तीय प्रतिवेदनमा अधिकांश सूचकमा प्रगति गरेको छ । “सरल बैंकिङ सबैका लागि” नारा लिएर २०६७ सालमा जन्मिएको सेञ्चुरी बैंकका अधिकांश वित्तीय परिसुचकहरु सकारात्मक रहेका छन् भने ६ महिनाको अवधि मै बैंकले २५ प्रतिशतले मुनाफामा बृद्धि गर्न सफल भएको छ ।
बैंक संचालक समितिको अध्यक्षमा राजेशकुमार श्रेष्ठ रहेका छन् । अध्यक्ष श्रेष्ठ चर्चित लिटिल्स एन्जल्स स्कुलका संस्थापक प्रिन्सीपल पनि हुन् । त्यस्तै अन्य संचालक सदस्यहरुमा उमाकुमारी श्रेष्ठ, राजेशराज दली, महेशकुमार अग्रवाल, सुनिल न्यौपाने र अभिषेक बज्राचार्य रहेका छन् ।
यसैगरि बैंकको उच्च व्यवस्थापनमा पुराना बैंकर तुलसीराम गौतम सीईओको रुपमा कार्यरत छन् । त्यस्तै यूवा बैंकर मनोज न्यौपाने नायव सीईओको रुपमा कार्यरत छन् । बैंकको उच्च व्यवस्थापनमा अनुपमा श्रेष्ठ मानन्धर, दीपेश प्रधान, राजेश भण्डारी, शेखर बस्ताकोटी, रमेशकुमार श्रेष्ठ र अनिल रेग्मी लगायतको सशक्त टीम कार्यरत रहेको छ ।
प्रमुख गतिविधि :
यसपटक वाणिज्य बैंक मध्ये सबै भन्दा ढिलो लाभांश प्रस्ताव गर्नेमा सेञ्चुरी कमर्सियल बैंक परेको छ । बैंकको संचालक समितिकाे बैठकले २ प्रतिशत बोनस शेयर र ४ दशमलव ७५ प्रतिशत नगद लाभांश गरी जम्मा ६ दशमलव ७५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्ने छन् ।
लाभांशको ईतिहास:
नोट : कम्पनीको आर्थिक वर्ष ७५/७६ को प्रस्तावित लाभांश
कस्तो आयो दोश्रो त्रैमासकाे वित्तीय प्रतिवेदन ?
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अर्थात ६ महिनाको अवधिमा बैंकले ६५ करोड २ लाख खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ५१ करोड ८१ लाख खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा २५ प्रतिशतले वृद्धि भएको छ ।
प्रमुख आम्दानीको श्रोतमा राम्रो वृद्धि :
अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १ अर्ब ३३ करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५२ करोड खुद व्याज आम्दानी गरेको छ । यसरी खुद व्याज आम्दानीमा १४ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा २६ प्रतिशतले वृद्धि हुँदै ९१ करोड ७ लाख पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले ७२ करोड ४७ लाख संचालन मुनाफा गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष कम्पनीले दोश्रो त्रैमासमा १५ करोड ३० लाख कर्जा जोखिम शिर्षकमा व्यवस्थापन गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ५ करोड ३३ लाख सो शिर्षकमा व्यवस्थापन गरेको छ ।
प्रतिशेयर आम्दानी १६ रुपैयाँ नजिक :
कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैया ४५ पैसा हुन् आउछ । चुक्ता पुँजीमा वृद्धि नभएको र २५ प्रतिशतले खुद मुनाफा वृद्धि भएको अवस्थामा कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ ।
नोट : माघ २८ गतेको बजार मुल्यको आधारमा
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य (प्रति शेयर नेट्वर्थ) १२७ रुपैयाँ आउँछ ।
निक्षेप कर्जामा कस्तो ?
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ६१ अर्ब २४ करोड निक्षेप संकलन गरी ५९ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ । असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन २ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ५ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष , संचित मुनाफा दुवै बढ्यो :
जगेडा कोष २० प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३८ करोड पुगेको छ भने संचित मुनाफा ९७ प्रतिशतले वृद्धि हुँदै ८५ करोड ७४ लाख पुगेको छ ।
निस्क्रिय कर्जा १ दशमलव ४५ प्रतिशत :
कम्पनीको खराब कर्जा एक दशमलव ६७ प्रतिशत रहेको छ ।
आधार व्याजदर घट्यो :
बैंकको आधार व्याजदर केही घट्दै १० दशमलव ३५ प्रतिशत पुगेको छ।
स्प्रेडदर ५ प्रतिशत भन्दा कम :
व्याजदर अन्तर ५ प्रतिशत भन्दा कम छ । बैंकको प्रकाशित स्प्रेडदर ४ दशमलव ७६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ३ दशमलव ६३ प्रतिशत थियो ।
कम्पनी र दोश्रो बजार :
मूल्य आम्दानी अनुपात १२ गुणा :
कम्पनीको माघ २८ गतेको बजार मूल्य १८६ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १२ दशमलव ०४ गुणा आउँछ ।
वास्तविक मूल्य :
बेन्जामिन ग्रामको सुत्रलाई आधार मान्दा कम्पनीको वास्तविक मूल्य २१० रुपैया प्रति कित्ता हुन् आउँछ । कम्पनीको बजार मूल्य ग्राम नम्बर भन्दा थोरैमा कारोवार भएको देखिन्छ।
निष्कर्ष : कान्छो वाणिज्य बैंकका रुपमा स्थापित भएको वाणिज्य बैंकले आफ्नो वित्तीय प्रतिवेदनमा सुधार गर्दै आएको छ। बैंकले खुद मुनाफा २५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने कम्पनीले प्रतिशेयर आम्दानीलाई पनि सन्तुलनमा राख्न सफल भएको छ। प्रथम त्रैमाससम्म निकै धेरै रहेको खराब कर्जा प्रतिशत अहिले भने १ प्रतिशतको हाराहारीमा आएको छ।
कम्पनीको संचालक समितिको बैठकले भर्खरै लाभांश प्रस्ताव गरेकोमा कम्पनीको दोश्रो बजारमा १२ गुणाको हाराहारीमा शेयर कारोवार भएको देखिन्छ । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ।
कम्पनीले खुद मुनाफा वृद्धिमा प्रमुख आम्दानीको श्रोत खुद व्याज आम्दानीको पनि ठुलो हात रहेको पक्षलाई सकारात्मक रुपमा लिन सकिन्छ। बैंकको सीसीडी अनुपात भने ८० प्रतिशत कै नजिक रहेको छ । बैंकलाई आक्रामक रुपमा निक्षेप संकलनमा ध्यान दिनु पर्ने देखिन्छ । समग्रमा बैंकको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा बैंक राम्रो पथमा हिड्दै गरेको प्रस्ट देखिन्छ ।
उपलब्ध तथ्याङ्क आधारित विश्लेषण पूर्ण होइन, निर्णय लिँदा थप अनुसन्धान गर्नुपर्ने छ । – लेखक
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
छोटै समयमा प्रदीप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडियो डीजी साप ?
चैत १४, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परिक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार