सारङ्गीको टोली संगै ट्राफिक सचेतना
नेपालबहस संवाददाता
माघ २९, २०७६ बिहिबार १:४८:१७
२९ माघ काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज नयाँ बानेश्वरमा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धिका लागि सारङ्गी टोलीवाट प्रस्तुति देखाएको छ ।
कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले गीत संगीतका माध्यमबाट ट्राफिक नियम सिकाईएको र सडक प्रयोगकर्ताहरूले उक्त कुरालाई व्यवहारमा प्रयोग गरी पालना गर्नेमा आफू विश्वस्त रहेको बताए।
यस सांगीतिक कार्यक्रममा ट्राफिक प्रहरी र कलाकारहरू हेमराज गन्धर्व, बालाराम गन्धर्व र दिल बहादुर गन्धर्वले ‘मान्नैपर्ने ट्राफिक नियम, नमानेमा जान्छ है जीवन ’ बोलको सचेतना गीत गाएका थिए । गितको माध्यमबाट जेब्राक्रसिङ्ग र आकाशेपुलको प्रयोग, सडक संकेतको पालना, मापसे गरी सवारी नहाक्न, तिब्र गति र लापरबाहीका साथ सवारी नचलाउन अनुरोध गर्दै ट्राफिक नियमको पालना गर्नसके जीवनको रक्षा हुने र घर परिवार समेत ढुक्क हुने कुरा प्रस्तुत गरे ।
यो अभियान प्रभावकारी हुने र आम सडक प्रयोगकर्ताले समेत ट्राफिक नियम पालना र सडक अनुशासनलाई जिवन पद्दतीको रुपमा लिने बिश्वास गर्दै एक सातासम्म उपत्यकाका मुख्य मुख्य चोकहरूमा सञ्चालन हुने जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए। यस अभियानबाट विशेष गरी जथाभावी बाटो काट्ने कार्यलाई निरूत्साहित हुनुकासाथै ट्राफिक लाईट संचालन भएका चोकहरूमा ट्राफिक लाईट पालना गरि बाटो काट्न थप सहयोग हुने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र दिने सेवा तीन घण्टा अवरुद्ध हुने
चैत १३, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार