टेकु अस्पतालबाट कोरोना भाइरसका बिरामी भागे
नेपालबहस संवाददाता
माघ २९, २०७६ बिहिबार २:७:८
२९ माघ काठमाडौं । कोरोना भाइरसका एक शंकास्पद बिरामी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महेन्द्र श्रेष्ठले चीनलाई ट्रान्जिट बनाएर आएका साउदी अरबका नागरिक अस्पतालमा भर्ना हुन नचाही भागेको बताए। रुघा र ज्वरो आएपछि उनी केहि दिनअघि कोरोनाको आशंकामा स्वास्थ्य परीक्षण गराउन अस्पताल पुगेका थिए।
चेकजाँचका क्रममा उनलाई कोरोनाको आशंका भएपछि भर्ना गर्नु पर्छ भनिएको थियो तर उनी भर्ना नभइ त्यहाँबाट भागेको प्रवक्ता श्रेष्ठले बताए । ती शंकास्पदको खोजी भइरहेको तर फोन नम्बर नभएकाले खोजी गर्न समस्या भएको पनि उनले बताए। उनले सरकारले संक्रामक ऐन २०२० जारी गरेको बताउँदै सो ऐनले तोकिएको ठाउँमा बस्न नमानेको खण्डमा सजायको व्यवस्था रहेको जानकारी गराए।
मन्त्रालयका प्रवक्ता श्रेष्ठले अहिलेसम्म कोरोनाको आशंकामा २० जनाको परीक्षण गरिएकोमा एकजनामा मात्रै पुष्टि भएको बताए। हाल टेकु अस्पतालमा तीनजना शंकास्पद विरामीलाई आइसोलेसन वार्डमा राखिएको पनि उनले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार