चन्द समूहका प्रदेश कमिटी ब्यूरो नेता पक्राउ
नेपालबहस संवाददाता
फागुन १, २०७६ बिहिबार २२:३९:१२
१ फागुन सप्तरी । नेत्रविक्रम चन्द समूहका प्रदेश कमिटी ब्यूरो सदस्य धनुषाधामका साहस भनिने इन्दल साहलाई सप्तरी प्रहरीले आज सुरुङ्गा नगरपालिका–६ बाट पक्राउ गरेको छ ।
हत्या, ज्यान मार्ने उद्योग, बम विष्फोट, सङ्गठित अपराधलगायतका घटनामा प्रहरीको मोस्टवाण्टेड सूचीमा रहेका साहलाई चन्दा सङ्कलनका लागि सप्तरीको सुरुङ्गा आएको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित राजेश साहको घरमा मङ्सिर २७ गते राति १२ः१० बजे भएको बम बिष्फोटलगायतको घटनाका मुख्य योजनाकारका रुपमा साह प्रहरीको मोस्टवान्टेड सूचीमा थिए ।
उक्त बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमिरकुमार दाहाल, घरधनी राजेश साह र निजका छोरा आनन्दकुमार साहको मृत्यु भएको थियो । बम विस्फोटमै परेर राजेशका बुबा भिखारी साह, राजेशका अर्का छोरा प्रकाश साह, राजेशकी छोरी अञ्जली साह, छिमेकी अकवर मन्सुर, सकिला खातुन, निक्की साह र प्रहरी जवान रिजनाथ महतो घाइते भएका थिए ।
घटनापछि मुख्य योजनाकार मानिएका साह धनुषा प्रहरीबाट जोगिन सप्तरी खटिएका थिए । सप्तरीमा चन्दा सङ्कलनमा खटिएको जानकारी पाएको सप्तरी प्रहरीले साहलाई सुक्ष्म निगरानीमा राखेको थियो । इलाका प्रहरी कार्यालय कडरबोनाले साहलाई पक्राउ आज जिल्ला प्रहरी कार्यालय धनुषा बुझाएको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार