कानकासुन्दरीका महिलाले पाएनन् सुत्केरी भत्ता
नेपालबहस संवाददाता
फागुन २, २०७६ शुक्रबार १४:५०:२५
२ फागुन सिञ्जा । जुम्लाको कानकासुन्दरी गाउँपालिकाका सुत्केरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गर्ने ‘सुत्केरी भत्ता’ पाउन सकेका छैनन् । उनीहरुले गतवर्षको भत्ता हालसम्म नपाएको बताइएको छ । गर्भवतीले चारपटक स्वास्थ्य सस्थामा जाँच गराएबापत रु ८०० र सुत्केरी पश्चात् रु तीन हजार प्राप्त गर्दछन् ।
गाउँपालिकाबाट बजेट नआएको जवाफ पैसा माग्न जाँदा स्वास्थ्य संस्थाले दिँदै आएको कनकासुन्दरी गाउँपालिका–२ मालिका बोताकी सुनमाया रावतले जानकारी दिए । हाड्सिन्जा बर्थिङ सेन्टरमा ३८ र मालिका बोतामाका २१ महिलालाई भत्ता उपलब्ध गराउन गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी पु¥याइएकोे जनाइएको छ । तर हालसम्म भत्ता नपाएको सुत्केरी आमाले गुनासो राखेका छन् ।
यसैगरी गतवर्ष कात्तिक र वैशाख महिनामा सञ्चालन गरिएका भिटामिन र जुकाको औषधि खुवाएबापत महिला स्वास्थ्य स्वयंसेविकाले पाउनुपर्ने रकम रु ८०० पनि नपाएको महिला स्वयंसेविकाले गुनासो गरेका छन् ।
कनकासुन्दरी गाउँपालिकाका लेखापालक गोपाल बुढाले गत वर्ष बजेट अभाव भएको र यो वर्ष पनि बजेट ढिलो आएको हुनाले समयमा सुत्केरी भत्ता दिन नसकेको बताए । उनले केही दिनभित्र सबै सुत्केरी आमा र महिला स्वयंसेविकाले भत्ता पाउने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
दाङमा आगलागीबाट एकको मृत्यु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार