Advertisement

२ फाल्गुण, काठमाडाैं । २७ वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष ०७६/७७ को दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेका छन् । सो मध्ये १९ वाणिज्य बैंकले खुद मुनाफामा वृद्धि गर्न सफल भएका छन् भने ८ वाणिज्य बैंकको खुद मुनाफा घटेको छ ।

स्थापित बैंकका रुपमा गनिएका नेपाल इन्भेस्टमेन्ट बैंकदेखि नबिल बैंक, सिद्धार्थ बैंक र नेपाल एसबीआई बैंकको समेत पछिल्लो दिन नाफा घटेको तथ्याकले देखाउँछ । सरकारी लगानी रहेको नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको पनि मुनाफा घट्दै छ । त्यस्तै सिभिल बैंक र सिटिजन्स बैंकले पनि मुनाफा घटाएका छन्

Advertisement

मुनाफा घटाएका वाणिज्य बैंकमध्य नेपाल बैंकको मुनाफा सर्वाधिक घटेको छ । नेपाल बैंकको खुद मुनाफा १९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले १ अर्ब ३५ करोड खुद मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले १ अर्ब ६६ करोड खुद मुनाफा गरेको थियो ।

त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको खुद मुनाफा पनि १६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले १ अर्ब ६६ करोड खुद मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले १ अर्ब ९७ करोड खुद मुनाफा गरेको थियो ।

त्यस्तै पछिल्लो समय एकदमै कमजोर बन्दै गएको सिभिल बैंकको खुद मुनाफा १५ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले ३१ करोड ६२ लाख खुद मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले ३७ करोड ९ लाख खुद मुनाफा गरेको थियो ।

वरिष्ठ अर्थशास्त्री डा. शंकर शर्मादेखि कुशल बैंकर एवं सीए राजनसिंह भण्डारी लगायत देशका चर्चित व्यवसायीहरु मिलेर खोलेको सिटिजन्स बैंक इन्टरनेशनल पछिल्लो समय लगातार ओरालो लाग्ने क्रममा लागेको छ । सिटिजन्स बैंकको खुद मुनाफा ११ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोश्रो  त्रैमाससम्म बैंकले  ६८ करोड ७७ लाख खुद मुनाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले ७७ करोड ०३ लाख खुद मुनाफा गरेको थियो ।

९९ दशमलव ९७ प्रतिशत शेयर स्वामित्व नेपाल सरकारको रहेको रास्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा पनि ८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोश्रो  त्रैमाससम्म बैंकले २ अर्ब २० करोड खुद मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले २ अर्ब ४० करोड खुद मुनाफा गरेको थियो ।

 विश्वकै धनी व्यक्तिकाे सुचीमा सुचिकृत विनोद चौधरीको बैंकको रुपमा चिनिने नबिल बैंकको खुद मुनाफा ६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले २ अर्ब ४ करोड खुद मुनाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले २ अर्ब १७ करोड खुद मुनाफा गरेको थियो ।

मारवाडी बैंकको रुपमा परिचित सिद्धार्थ बैंकका पछिल्ला वित्तीय परिसुचकहरु खस्कँदो क्रममा लागेको देखिदैछ । सिद्धार्थ बैंकको खुद मुनाफा ४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले १ अर्ब ०२ करोड खुद मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले १ अर्ब ०६ करोड खुद मुनाफा गरेको थियो ।

त्यस्तै स्टेट बैंक अफ इन्डियाको ५५ प्रतिशत शेयर स्वामित्व रहेको रहेको नेपाल एसबीआई बैंकको खुद मुनाफा २ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले १ अर्ब खुद मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले १ अर्ब २ करोड खुद मुनाफा गरेको थियो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here