संसदीय समिति बैठकमा पत्रकारलाई रोक
नेपालबहस संवाददाता
फागुन २, २०७६ शुक्रबार १९:३०:१६
२ फागुन काठमाडौं । सञ्चारकर्मीहरुप्रति नकारात्कम सोच र शैली अपनाउन उद्यत् वर्तमान केपी ओली सरकारको छाया व्यवस्थापिका संसद्मा समेत पर्न थालेको छ । आज दुईवटा संसदीय समिति बैठकमा पत्रकार तथा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको छ ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र राज्य व्यवस्था तथा सुशासन समितिको आज बोलाइएको बैठकमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । विहान सुरु भएको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समाचार संकलनका लागि भित्र पसेका सञ्चारकर्मीहरुलाई बाहिर निकालिएको थियो ।
समितिको आन्तरिक छलफल गर्नु पर्ने भएकाले सञ्चारकर्मीहरुलाई बाहिर गइ दिन आग्रह गर्दछु भन्दै समिति सभापति पूर्ण सुवेदीले सञ्चारकर्मीलाई बाहिर पठाएकी थिइन् । आजको समिति बैठकमा अन्तर्देशीय उर्जा सम्मेलनबारे छलफल गर्ने कार्य सूचि तयार गरिएको छ ।
समिति बैठकमा उर्जा मन्त्री , सचिव र लगानी बोर्डका कार्यकारी निर्देशकलाई आमन्त्रण गरिएको छ । यसैगरी आजैका लागि डाकिएको राज्य व्यवस्था तथा सुशासन समितिमा समेत पत्रकारहरुलाई प्रवेश रोक लगाइएको छ । वैठकमा नेपाली सेनामा भइरहेको भ्रष्टार तथा अनियमितताबारे छलफल गर्ने कार्य सूचि तय भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
तस्वीरमा गोरखा भूकम्पका केही झलक
बैशाख १२, २०८१ बुधबार
प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
महाकाल नृत्य प्रस्तुत गरिँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते
बैशाख १२, २०८१ बुधबार
बाइसधारा उद्यानमा ढकमक्क फुलेको बेगमबेली फूल
बैशाख १२, २०८१ बुधबार