एक हजार एम्पुलसहित आठ जना पक्राउ
नेपालबहस संवाददाता
फागुन २, २०७६ शुक्रबार १९:३९:१०
मिना कंडेल
२ फागुन नवलपुर । पूर्वी नवलपरासीमा प्रहरीले ठुलो मात्रामा लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले एकै दिन एकै पटकमा एक हजार तीन सय आठ एम्पुल लागू औषध सहित पक्राउ गरेको छ ।
गए रातीको समयमा कावासोती नगरपालिका वडा नं ०८ थानाचोक स्थित राजमार्गमा चेक जाँच तथा खानतलासी गर्दा काठमाण्डौ जिल्ला काठमाडौं .महानगरपालिका वडा नं २३ धुम्बराही बस्ने बर्ष १८ को रबि राई ,दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं ११ बस्ने बर्ष २३ को सुमन सुबेदीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले बताए ।
प्रहरीले निजहरुको शरीर खानतालसी गर्दा ५३ एम्पुल डाईजापाम, ५३ एम्पुल फेनरागन र ५३ एम्पुल नुफिन गरी जम्मा १०९ एम्पुल लागुऔषध र ३८ वटा सिरिन्ज फेला पारेको र प्रहरी नायब उपरीक्षक खाँडले बताए ।
यसै गरि कावासोती नगरपालिका वडा नं १६ चालिस किलो स्थित राजमार्गमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा काठमाण्डौ जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने बर्ष ३० को दिपक थापा, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.४ बस्ने बर्ष ३० को कृष्ण कंडेल सवार रहेको ना ४६ प नं. ३४८७ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा नुफिन ३२८ एम्पुल, फेनारागन ३२८ एम्पुल, डाईजापाम ३२८ एम्पुल गरी जम्मा ९८४ एम्पुल र नाईट्राभ्याट -० लेखेको १ पत्तामा १५ ट्याब्लेट लागुऔषध फेला पारी निजहरुलाई पक्राउ गरि लागुऔषध अन्तर्गत मुद्दा चलाईएको खाँडले बताए ।
साथै कावासोती नगरपालिका वडा नं १६ चालिसकिलो स्थित राजमार्गमा चेकजाँच गर्ने क्रममा चितवन भरतपुर महानगरपालिका वडा नं.७ वस्ने वर्ष २१ को दिपेश क्षेत्री ,वडा नम्बर २५ बस्ने बर्ष २९ को नारायण क्षेत्रीलाई नुफिन ५५एम्पुल, फेनारागन ५५ एम्पुल,डाईजापाम ५५ एम्पुल गरी १६५ एम्पुल सहित पक्राउ गरी लागुऔषध अन्तर्गत मुद्दा चलाईएको प्रहरी नायब उपरीक्षक खाँडले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार