मनोरञ्जन र पारिवारिक वातावरणका लागि फनपार्क
Advertisement

समृद्धि नेपाल/लिभा चालिसे 

२ फाल्गुण, काठमाडौं । भृकुटीमण्डपस्थित रहेको फनपार्कमा निकै चहलपहल देख्न सकिन्छ । प्रायः सबै उमेर समूहका मानिस भेट्टिने यो पार्कमा पारिवारिक र स्वस्थ वातावरण रहेको देखिन्छ । विसं २०६९ मा थप प्रवद्र्धन र व्यवस्थित गरी यो पार्कलाई फनपार्क भन्न थालिएको हो ।

पार्कका व्यवस्थापक बोधराज कट्टेल भने, “पूर्णरूपमा व्यापार नभएर मुख्य उद्देश्य मनोरञ्जन सेवा प्रवाहित गर्ने, धूमपान तथा मद्यपान निषेध गरी स्वास्थ्यमा ध्यान दिने हाम्रो मुख्य लक्ष्य हो । पार्कले मनोरञ्जनका माध्यमबाट मानिसलाई खुशी र सन्तुष्ट राख्ने चेष्टा पनि गर्दछ ।” सुरक्षाको राम्रो प्रबन्ध रहेको पार्कमा मानिस हरियाली र शान्त वातावरण अवलोकन गर्दै अध्ययन गर्न पनि आउने गर्दछन् । असहाय र अपाङ्गलाई मनोरञ्जनको पहुँच सजिलै नहुने भएकाले उनीहरुलाई विशेष सुविधा रहेको छ भने पार्कको वातावरण अपाङ्गमैत्री पनि छ ।

Advertisement

पार्क खुला क्षेत्रमा भएको र स्थानका हिसाबले पनि राम्रो भएकाले प्रायः निकै व्यस्त देखिन्छ । यो पार्कले साथीभाइबीच राम्रो सम्बन्ध स्थापित गर्न, सामाजिक हुन र संस्कृति साटासाट गर्न धेरै हदसम्म सहयोग गरेको छ । पार्कमा वयष्कको प्रवेश शुल्क रु ६० रहेको छ । विद्यार्थी तथा बालबालिकाका लागि प्रवेश शुल्कमा ५० प्रतिशत छुट रहेको छ तर विद्यार्थी सहुलियतका लागि विद्यार्थी परिचयपत्र अनिवार्य रहेको छ । सत्तरी वर्षमाथिका वृद्धा, तीन वर्षमुनिका बालक र अपाङ्गलाई प्रवेश छुट रहेको छ । यहाँ घरबाट ल्याएको खानेकुरा पनि खान सकिने तथा जति समय पनि पार्कमा व्यतित गर्न सकिने हुनाले अन्यत्र जाँदा हुने अनावश्यक खर्च कटौती हुने गर्दछ । शान्तिनगरबाट आउनुभएका ओसन खड्काले भने, “धेरैपछि साथीसँग एकछिन कुराकानी गरौँ र ‘मुड फ्रेस’ गरौँ भनेर आएको हो ।” उनले हाँस्दै भने, “अन्य ठाउँमा भन्दा खर्च पनि कम लाग्ने रहेछ र विद्यार्थीलाई विशेष छुट रहेछ ।”

मानिस आफ्नो स्वविवेक र अनुकूल समयमा आउने हुनाले के, कति व्यक्ति कुन प्रयोजनका लागि आउँछन् भन्नेबारे ठ्याक्कै भन्न नमिल्ने व्यवस्थापक कट्टेलले बताए। उनका अनुसार आगामी दिनमा प्राकृतिक प्रकोप तथा मानवीय कारण (कोरोना भाइरसको असर हुनसक्ने) ले प्रत्यक्ष असर पर्ने हुँदा चापमा कमी हुनसक्छ । खुला ठाउँमा हावापानी र घामले प्रभाव पार्ने हुँदा पनि मानिस नआउने सम्भावना देखिन्छ । आगामी दिनमा निरन्तररूपमा सरसफाइ, सबैखाले खेल र बालबालिकालाई विशेष ध्यान दिने रणनीति रहेको उनले बताए।

Advertisement
अघिल्लो लेखराष्ट्र सेवामा जुट्न प्रधानमन्त्रीको युवालाई आह्वान
अर्को लेखआयोगलाई लिखित जवाफ पेश गर्न सर्वाेच्चको आदेश
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्