आयोगलाई लिखित जवाफ पेश गर्न सर्वाेच्चको आदेश
नेपालबहस संवाददाता
फागुन २, २०७६ शुक्रबार २१:२२:३२
२ फगुन, काठमाडौं । सर्वाेच्च अदालतले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि मुद्धा नचलाउनुको कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग मागेको छ ।
प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलाशले ललिता निवास र यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय गर्ने पूर्व प्रमद्वयलाई मुद्दा नचलाउनुको कारण सोधेको हो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारले राजनीतिक पूर्वाग्रह र कानूनी राज्यको मर्म विपरित पूर्व प्रधानमन्त्रीद्वयलाई उन्मुुक्ति दिएको भन्दै अदालत पुगेका थिए । उतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायतलाई विपक्षी बनाई गत माग २९ गते दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई ललिता निवासको जग्गा प्रकरणमा अख्तियारको छानबिनको दायरामा ल्याउनुपर्ने माग गरेका थिए।
यसबारे आज भएको सुनुवाईपछि प्रधानन्यायधीश राणाको एकल इजलासले १५ दिन भित्र लिखित जवाफ पेश गर्न अख्तियारलाई आदेश दिएको हो । अख्तियारले गत माघ २२ गते १७५ जनाविरुद्ध सो जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पूर्वप्रधानमन्त्रीद्वयलाई नीतिगत निर्णय भनेर उन्मुुक्ति दिन नमिल्ने रिट निवेदनमा उल्लेख थियो । सरकारी जग्गा व्यक्तिका नाममा गर्ने निर्णय नीतिगत हुन नसक्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा भट्टराईका साथै जग्गा फिर्ता गर्ने नवीन पौडेललाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग रिट निवेदनमा थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार