मझुवागढीमा कम्पोष्ट मल उद्योगको परीक्षण उत्पादन शुरु
नेपालबहस संवाददाता
फागुन ३, २०७६ शनिबार १९:५८:१५
३ फागुन खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योगबाट परीक्षण उत्पादन शुरु भएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकालाई प्राङ्गारिक नगर बनाउने उद्देश्यले स्थापना गरिएको उद्योगबाट शुक्रबारदेखि परीक्षण उत्पादन शुरु भएको हो ।
नेपाल सरकारको विशेष अनुदानबापतको रु तीन करोड ३२ लाख लगानीमा कम्पोष्ट मल तथा बायोग्याँस उद्योग स्थापना गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । “आगामी पाँच वर्षभित्र नगरक्षेत्रलाई पूर्ण प्राङ्गारिक बनाउने उद्देश्यका साथ कम्पोष्ट मल तथा बायोग्याँस उद्योग स्थापना गरिएको हो”, उनले भने, “दिक्तेल बजार तथा आसपासको फोहरलाई प्रशोधन गरेर कम्पोष्ट मल तथा मानव मलमूत्रलाई प्रयोग गरेर बायोग्याँससमेत उत्पादन गरिनेछ ।”
उद्योगबाट उत्पादित ग्याँसलाई सिलिण्डरमा भरेर भान्छामा उपयोग गर्ने र बाँकी रहेको फोहरमैलालाई मलकै रुपमा प्रयोग गर्ने योजनाका साथ उद्योग स्थापना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंले बताए । “उद्योगले नगरपालिकालाई स्वच्छ र सफा राख्न मद्दत गर्नुका साथै प्राङ्गारिक नगर बनाउन टेवा पुग्नेछ”, उनले भने, “उद्योगबाट उत्पादित मल र ग्याँसले नगरपालिकाको आर्थिक समृद्धिमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।”
परीक्षण उत्पादन सफल भएको कम्पोष्ट मल तथा बायोग्याँस उद्योग केही दिनपछि औपचारिक उद्घाटन गरिने नगरपालिकाले जनाएको छ । रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई प्राङ्गारिक नगर बनाउने अभियानमा लागेको नगरवासी आफ्नै ठाउँमा कम्पोष्ट मल उद्योग सञ्चालन भएपछि हर्षित भएका छन् ।
उद्योगमा स्थानीय चार युवाले पूर्णकालीनरुपमा प्रत्यक्ष तथा २५ जनाले अप्रत्यक्षरुपमा रोजगारी पाएका छन् । उद्योगबाट उत्पादित कम्पोष्ट मल नगरपालिकाबाहेक जिल्ला अन्य स्थानीय तहमा समेत बिक्री गर्ने लक्ष्य राखिएको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकाको थुप्रै वडा यसअघि नै प्राङ्गारिक वडा भइसकेका छन् । नगरपालिकाको वडा नं ९ निर्मलीडाँडा, १० पाथेका, ११ खार्मी, १२ जालपा, १३ नुनथलालगायतका वडा प्राङ्गारिक बनिसकेकाले अब अन्य वडासमेत पूर्णरुपमा प्राङ्गारिक बन्ने प्रक्रियामा रहेको जनाइएको छ ।
कम्पोष्ट मलको विकल्प बिना पूर्णरुपमा प्राङ्गारिक नगर बनाउन नसकिने भएकाले कम्पोष्ट मल उत्पादन शुरु गरिएको नगरपालिकाले जनाएको छ । विशेष प्राथमिकताका साथ अघि सारिएको प्राङ्गारिक नगर बनाउने अभियानअन्तर्गत यसअघि सम्बन्धित सरोकारवाला व्यक्तिसँगको सहभागितामा रासायनिक मल तथा विषादी प्रयोगले मानव स्वास्थ्यमा पार्ने असरका विषयमा छलफल तथा अन्तक्र्रिया गरिएको थियो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको यस नगरपालिकालाई व्यवस्थित ढङ्गले प्राङ्गारिक नगर बनाउने अभियानअन्तर्गत रासायनिक मलको अनुदानमा रोक लगाउँदै कम्पोष्ट मलको विकल्प सँगसँगै अघि सारिएको नगर उपप्रमुख विणादेवी राईले बताए । नगर कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले निःशुल्क उपलब्ध गराएको खाली जग्गामा कम्पोष्ट मल तथा बायोग्याँस उद्योग स्थापना गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार