शुक्लाफाँटामा कुखुरा फार्ममा आगलागी हुँदा १० लाख क्षति
Advertisement

३ फागुन एजेन्सी । अनाथ बालबालिकाहरुलाई राखिएको बालगृहमा भएको आगलागीमा परी हाइटीमा १५ बालबालिकाको मृत्युृ भएको छ । हाइटीको राजधानी पोर्ट औ प्रिन्सनजिकै रहेको बालगृहमा आगलागी भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

मृत्यु भएका मध्ये दुई जना पूर्ण रुपमा जलेका छन् । त्यस बाहेक अरु १३ जना भने घर भित्रै थुनिएर श्वासप्रश्वास अवरुद्ध भई मृत्यु भएको छ । घटनामा परी अरु केही घाइते भएका छन् ।

उनीहरुको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको श्वासप्रस्वासमा समस्या रहेको पाइएको छ । आगलागी बालगृहको पहिलो तलबाट सुरु भएको थियो । बालगृहमा ६६ जना बालबालिका रहेको थिए ।

Advertisement

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्