विभिन्न स्थानबाट लागूऔषधसहित ३ जना पक्राउ
नेपालबहस संवाददाता
फागुन ४, २०७६ आइतबार १४:२६:२८
४ फागुन काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपलिका-१५ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम सहित जुम्ला चन्दननाथ नगरपालिका-४ बस्ने ३० वर्षीय योगेन्द्र मल्ल र ३० वर्षीय हरि थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले रुपैहडियाबाट नेपालगंजतर्फ आउँदै गरेका उनीहरुलाई जाचँ गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा करिब ३३ केजी ६ सय ग्रामसहित भारत पश्चिम चम्पारण वेतिया गैरीकोट बस्ने ४० वर्षीय भगवान यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीलाई देख्नासाथ मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको जेएच ०९ ए ८३६१ नम्बरको कार रोकी कारमा सवार ५ जना व्यक्तिहरु भाग्ने क्रममा उनीहरुमध्ये यादवलाई प्रहरीले पक्राउ गरेको हो । साथै उक्त कार जाँच गर्दा कारको सिटमुनी टायरभित्र लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारेको हो । तत्काल फरार रहेका अन्य ४ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ७ सय ग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको लु.२ ख ३ नम्बरको बस जाँच गर्ने क्रममा बसको पछाडीको सिटमुनी झोलाभित्र उक्त लागूऔषध लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार