पृथ्वीबाहिर जीव खोज्न गम्भीर हुनुपर्छ : खगोलशास्त्री
नेपालबहस संवाददाता
फागुन ४, २०७६ आइतबार १९:३२:३७
४ फागुन एजेन्सी । अमेरिकाको एक राष्ट्रिय खगोल अध्ययन केन्द्रका प्रमुखले पृथ्वीबाहिर जीव खोज्न गम्भीर भएर लाग्नुपर्ने बताएका छन्। डा एन्थोनी बिस्लेले दशकौँसम्म सरकारको अनुसन्धान बजेटको प्राथमिकतामा नपरेको यो क्षेत्रमा काम गर्न सरकारी सहयोग चाहिने बताएकाे बीबीसीले उल्लेख गरेको छ ।
उनको भनाइले हालसम्म विज्ञानको एउटा सानो क्षेत्र मानिएको पृथ्वीबाहिर जीव खोज्ने कामका बारेमा मानिसहरूको सोच परिवर्तन हुनसक्ने बताइएको छ। यूएस न्याश्नल रेडिओ एस्ट्रोनोमी अभ्जरभेटरीको निर्देशक डा. बिस्लेले अब सो खोजलाई अन्धकारबाट बाहिर ल्याएर खगोलशास्त्रका सबै क्षेत्रमा संलग्न गर्नुपर्ने समय आएको बताएका हुन्। उनको यो भनाइ न्यू मेक्सिकोको भेरी लार्ज एरे भीएलए अभ्जरभेटरीले पृथ्वीबाहिरको जीवनको सङ्केतहरू पत्ता लगाउन प्रयास गर्ने बताएको समयमा आएको हो।
भीएलए धेरै अन्टेना भएको संसारकै सबैभन्दा राम्रो टेलिस्कोपमध्ये एक मानिन्छ। क्यालिफोर्निया विश्वविद्यालयका डा एन्ड्रयु सेमिअनका अनुसार भीएलएको सो घोषणापछि पृथ्वीबाहिर जीवन पत्ता लगाउने सम्भावना ‘१० वा अझ १०० गुणा बढेको छ’। उनका अनुसार भीएलएको संलग्नताले यो कार्यको विश्वसनीयता पनि बढाएको छ। नासाले कुनैबेला यस कार्यको लागि वार्षिक एक करोड डलर बजेट खर्च गर्थ्यो तर सन् १९९३ मा सो बजेट खारेज गरियो।
सीनेटर रिचार्ड ब्रायनले पैसाको फजुल खर्च भएको भन्दै संसद्मा कानुन ल्याएपछि उक्त बजेट खारेज भएको थियो। ‘यसले करदाताको पैसामा मङ्गलमा खोज गर्ने कार्य रोकिने छ,’ उनले त्यतिबेला भनेका थिए। त्यसयता अमेरिका वा अन्यत्र सो कार्यका लागि धेरै पैसा छैन। अहिलेसम्म ब्रम्हाण्डमा ४,००० भन्दा बढी ग्रहहरू पत्ता लागिसकेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'टिकटक'बारे अमेरिकाले ल्यायो नयाँ कानुन- शेयर बेच्ने की प्रतिबन्ध झेल्ने !
बैशाख १३, २०८१ बिहिबार
भोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम
बैशाख १२, २०८१ बुधबार
विश्वमा नै पहिलोपटक चीनले बनायो चन्द्रमाको पुर्ण नक्सा
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार