तराईमा उपभोक्ता मुद्रास्फीति बढ्यो : नेपाल राष्ट्र बैंक
नेपालबहस संवाददाता
फागुन ४, २०७६ सोमबार १:५५:४९
४ फागुन काठमाडौं । तराईमा उपभोक्ता मुद्रास्फीति बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा तराईमा उपभोक्ता मुद्रास्फीति ७.४६ प्रतिशत रहेको उल्लेख छ ।
केन्द्रीय बैंकले चालू आर्थिक वर्षको छ महिनाको आर्थिक विवरण आज सार्वजनिक गरेको हो । विवरणअनुसार काठमाडौँ उपत्यकामा ७.२४ प्रतिशत, तराईमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मुद्रास्फीति रहेको छ । यस्तै चालू आवको पुस मसान्तसम्म नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८२ प्रतिशत रहेकामा भारतमा त्यस्तो मुद्रास्फीति ७.५९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपालको ४.४५ र भारतको मुद्रास्फीति २.०५ प्रतिशत रहेको थियो ।
चालू आवको पुस मसान्तमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १०.२१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२५ प्रतिशत रहेको छ । सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ ।
५७ अर्बको निर्यात
बैंकका अनुसार चालू आवको छ महिनामा कूल वस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भई रु ५७ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फ ४५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ८.५ प्रतिशत र अन्य मुलुकतर्फ ३.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पामतेल, अलैँची, जुटका सामान, आयुर्वेदिक औषधि, दाललगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तारलगायतका वस्तुको निर्यात घटेको छ ।
चालू आवको छ महिनामा कूल वस्तु आयात चार प्रतिशतले घटेर रु छ खर्ब ९४ अर्ब ६९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३०.५ प्रतिशतले बढेको थियो । बैंकका अनुसार भारतबाट भएको आयात ९.१ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ र ०.४ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा कच्चा पामतेल, हटरोल सिट, रासायनिक मल, मेशिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरणलगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुको आयात घटेको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगञ्ज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात घटेको छ ।
आयाततर्फ सुक्खा बन्दरगाह, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयात घटेको छ । चालू आवको पुस मसान्तसम्म कूल वस्तु व्यापारघाटा ६.१ प्रतिशतले सङ्कुचन भई रु छ खर्ब ३७ अर्ब ४१ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापारघाटा ३२ प्रतिशतले वृद्धि भएको थियो ।
६ महिनामा चार खर्ब ४७ अर्ब विप्रेषण भित्रियो
बैंकको विवरणअनुसार चालू आवको छ महिनामा कूल रु चार खर्ब ४७ अर्ब २६ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । सो अवधिमा विप्रेषण आप्रवाह ०.९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १७.६ प्रतिशतले बढेको थियो ।
अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या पुस मसान्तसम्म १७.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३७.३ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले बढेको छ ।
यस्तै गत पुस मसान्तसम्मको अवधिमा खुद ट्रान्सफर आय ०.१ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब छ अर्ब पाँच करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २८.७ प्रतिशतले बढेको थियो । यस्तै पुस मसान्तसम्म चालू खाता घाटा रु ८४ अर्ब ७१ करोड रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु एक खर्ब ५२ अर्ब १६ करोड रहेको थियो । गत पुस मसान्तसम्मको अवधिमा शोधनान्तर स्थिति रु २६ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ६३ अर्ब ६८ करोडले घाटामा थियो । यस्तै गत असार र मसान्तमा रु १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशतले वृद्धि भई गत पुस मसान्तमा रु १० खर्ब ९५ अर्ब ९८ करोड बराबर पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
अमेरिकी डलरको भाउ बढ्यो, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ?
बैशाख २, २०८१ आइतबार
आर्थिक समस्याले थलिएको नेपाल शेयर मार्केट्सको संयोजकमा अधिकारी चयन
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार