फेसबुक संस्थापक कडा नियमनको पक्षमा
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार १८:११:०
५ फागुन काठमाडौं । सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जकरबर्गले अनलाइनमा हानिकारक सामग्री नियन्त्रण गर्न थप नियमनको आह्वान गरेका छन्। फेसबुकजस्तो कम्पनीले कस्ता सामग्रीलाई वैधानिक वाक् स्वतन्त्रता मान्ने भन्ने बारे निर्क्योल गर्न नसक्ने उनले बताएकाे अन्तराष्ट्रिय समाचार एजेन्सी बीबीसीले उल्लेख गरेको छ ।
चीनको उदाहरण दिँदै जकरबर्गले धेरै कडा नियन्त्रण गरेमा त्यसले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन सक्ने चेतावनी पनि दिए। जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै उनले उक्त टिप्पणी गरेका हुन्।
दबाबमा छ फेसबुक
गलत सूचनाको प्रवाह रोक्न फेसबुकजस्ता विशाल सामाजिक सञ्जाल कम्पनीमाथि दबाब बढिरहेको छ। खासगरि फेसबुकलाई राजनीतिक विज्ञापनसम्बन्धी उसको नीतिलाई लिएर चर्को आलोचना गरिएका छन्। सन् २०१८ मा फेसबुकले अमेरिकामा राजनीतिक विज्ञापनसम्बन्धी नयाँ नीति जारी गर्यो र त्यसको एक वर्षपछि उसले संसारभरि लागु हुने गरि त्यस्ता नीति जारी गर्यो।
ती नीतिबमोजिम त्यस्ता विज्ञापन प्रसार गर्न कसले पैसा तिर्यो भन्ने पनि खुलाउनुपर्छ अनि त्यो जानकारी सार्वजनिक रूपमा खोजी गर्न सकिने गरि सात वर्षसम्म राख्नुपर्छ। तर यो साता फेसबुकले त्यस्तो डेटाबेसमा सामाजिक सञ्जालका चर्चित व्यक्तिहरूले राख्ने प्रायोजित राजनीतिक पोस्ट नराख्ने बतायो। साथै कम्पनीको वाक् स्वतन्त्रताको नीतिबमोजिम राजनीतिज्ञहरूले राख्ने गरेका हरेक पोस्टका वास्तविकता सधैँ परीक्षण गरिएका हुँदैनन्।
के भने मार्क जकरबर्ग ?
म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै उनले नियमनको वकालत गरे। ‘निजी कम्पनीहरूले थप प्रजातान्त्रिक प्रक्रिया बेगर धेरै निर्णय गरुन् भन्ने हामी चाहँदैनौँ,’ उनले भने। जकरबर्गले सरकारहरूलाई सामाजिक सञ्जालका निम्ति नयाँ नियमन प्रणाली ल्याउन आह्वान गरे। त्यो टेलिकम तथा सञ्चार कम्पनीहरूका लागि विद्यमान नियमकै मिश्रण हुनुपर्ने उनको सुझाव थियो।
‘त्यस्ता नियमका अभावमा हामी आफ्नो तवरबाट सकेसम्म उत्तम प्रयास गरिरहनेछौँ,’ उनले भने। जकरबर्गले संयोजित रूपमा रुसजस्ता राज्यकै तहबाट गरिने अनलाइन ‘सूचना अभियान’ को विकासक्रम बुझ्न फेसबुकलाई निकै समय लागेको स्वीकार गरे। साथै, आइपी ठेगाना लुकाउन कतिपय खराब प्रयोगकर्ता झन् झन् सक्षम हुँदै गइरहेको पनि उनले बताए।
सामग्री समीक्षा गर्न विशाल बजेट
यो समस्यासँग जुझ्न फेसबुकसँग अनलाइन सामग्री समीक्षा गर्न र सुरक्षा हेर्न ३५ हजार कर्मचारी रहेको जकरबर्गले बताए।आर्टिफिसियल इन्टेलिजेन्स एआइ समेतको सहयोगबाट हरेक दिन दश लाख फर्जी खाता बन्द गर्ने गरिएको उनले बताए।
‘सन् २०१२ मा फेसबुकको एक अर्ब प्रयोगकर्ता हुँदाखेरिको कुल आम्दानीभन्दा अहिले सामग्री समीक्षाका लागि हाम्रो बजेट धेरै छ,’ उनले भने। राजनीतिक विज्ञापन जस्ता विषयमा आलोचित भएपनि फेसबुकले उसका सामाजिक सञ्जालहरू अझै विस्तार भइरहेको बताएको छ। यसै महिनाको सुरुमा फेसबुक कम्पनीकै ह्वाट्सएपले उसका प्रयोगकर्ता २ अर्ब पुगेको जनायो । जुन विश्वको कुल जनसङ्ख्याको एक चौथाइ भन्दा पनि धेरै हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार