नेविसंघ र अखिल कार्यकर्ताबीच आर आरमा झडप, तीन जना घाइते
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार १८:४८:१६
५ फागुन काठमाडौं । प्रर्दशनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रतिपक्ष नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताका बीचमा झडप भएको छ ।
झडपमा नेपाल विद्यार्थी संघका तीन जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का रहेका छन् । उनीहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ । नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईका अनुसार कक्षाकोठामा पढ्नका लागि गइरहेका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई अखिलले क्याम्पस बाहिरबाट लगेको गुण्डाहरुबाट आक्रमण भएको हो ।
झण्ड भएपछि प्रहरीले नेपाल विद्यार्थी संघका केहि कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुष्कर बाँस्तोला, सन्जीब ढकाल, रामजी बस्नेत, उमेश गुरुङ र विकु खड्का रहेका छन् । पक्राउ परेका विद्यार्थीलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
नेपाल विद्यार्थी संघका महामन्त्री भट्टराईले विज्ञप्ती मार्फत घटनाको भत्र्सना गरेका छन् । महामन्त्री भट्टराईले पक्राउ परेका विद्यार्थीको तत्काल रिहाईको माग गर्दै घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । सत्ताको आडमा प्रहरी प्रशासनले नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि भएको आक्रमणको निष्पक्ष छानविन भएर दोषि माथि कारवाही नभएर देशव्यापी आन्दोलन गर्ने भट्टराईले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
कप्तान रोहित पनि आउट !
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
बैशाख ७, २०८१ शुक्रबार