पूर्वशिक्षकद्वारा विद्यालयलाई कोठा उपहार
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार १८:५५:४६
५ फागुन, वालिङ । घ्याङलिङमा रहेको अमिलिथुम आधारभूत विद्यालयलाई पूर्वशिक्षक ठाकुरप्रसाद बगालेले उपहारस्वरुप एककोठे पक्की भवन निर्माण गरी हस्तान्तरण गरेका छन्।
“मैले ३४ वर्ष आठ महिना अमिलिथुम आधारभूत विद्यालयमा अध्यापन गरेँ”, पूर्वशिक्षक बगालेले भने, “सेवाबाट अवकाश भएर जाँदै गर्दा विद्यालयमा केही चिनारी छोडौँ भन्ने मनमा भाव पलायो, त्यसैले भवन निर्माण गरेको हुँ ।” आफूले अध्यापन गर्दाको समयमा विद्यालयमा भवनको अभाव भएको महसुस गरी विद्यालय प्रशासनसँग छलफल गरी सो भवन निर्माण गरेको पूर्वशिक्षक बगालेले बताए। पूर्वशिक्षक बगालेले भने, “यसको लागत कति भो भनेर मैले यकिन गरेको छैन ।”
पूर्वशिक्षक बगालेले विद्यालयलाई भवन बनाई दिएर ठूलो सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक टीकाराम अर्यालले बताए । प्रअ अर्यालले भने, “ अहिले पठनपाठनमा सहज भएको छ ।” विसं २०१७ मा स्थापना भएको सामुदायिक विद्यालय अमिलिथुम आधारभूत विद्यालयमा १–५ कक्षा सञ्चालनमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार