बदेलको मासुसहित भरुवा बन्दुक बरामद
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार १९:२८:२
५ फागुन कैलाली । गौरीगंगा नगरपालिका-६ दैधबारी बारवन साझेदारी सामुदायिक वनबाट प्रहरीले एकनाल भरुवा बन्दुक र बदेलको मासु आइतबार बिहान बरामद गरेको छ ।
उक्त ठाउँमा भरुवा बन्दुक रहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उक्त मासु र भरुवा बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुनको ब्रासलेट तथा मोबाइल लुटपाट
कागेश्वरी मनहरा नगरपालिका-९ सुन्दरीचोकबाट सोही ठाउँ बस्ने सुनसरी घर भएकी २० वर्षीया कान्ती कडरीयाको हातमा लगाएको सुनको ब्रासलेट १ थान र मोबाइल १ थान समेत गरी करिब १ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति लुटपाट भएको छ ।
अपरिचित ३ जना व्यक्तिहरुले उक्त लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौं महानगरपालिका-३२ खहरे चोकस्थित सान पार्टी प्यालेसमा विवाहको लागि बुटवलबाट जन्ती आएकी ३५ वर्षीया ओम कुमारी क्षेत्रीको करिब ३ लाख ६ हजार रुपैयाँ बराबरका सुनका विभिन्न गहनाहरु भएको ब्याग आइतबार राति चोरी भएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-१८ बालकुमारी गोलढोका बस्ने राजन प्रजापतीको घरबाट आइतबार दिउँसो कोही नभएको अवस्थामा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरका सुनका विभिन्न गहनाहरु र नगद ४५ हजार रुपैयाँ समेत गरी करिब ५ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार