ओलीका काइते कुरा
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार २०:२२:१०
सम्पादकीय
५ फाल्गुण, काठमाडौं । दुईतिहाईको शक्ति हत्याएका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो गृहनगर दमक पुगेर भने – सरकारको राम्रा कामको आरिस गर्नेले षडयन्त्र गर्न थालेका छन् ।
सरकारको लोकप्रियतासँग तर्सेकाहरु यतिबेला सत्ता नै बदल्ने षडयन्त्र गर्दैछन् । ओलीका यी भनाई को र कतातिर लक्षित छन्, त्यो बुझ्ने मनुवा देखिएको छैन । किन हो ओलीलाई त्यस्तो आशंका छ कि उनको लोकप्रियता चुलिएकाले षडयन्त्रको तानावाना सुरु भएको हो ।
नेपालको इतिहासमै सर्वशक्तिमान अवस्थामा पुगेका ओलीको रोदन अर्थपूर्ण लाग्छ । बाहिरबाट हेर्दा उनलाई सत्ताबाट गलहत्याउने ल्याकत न त विपक्षीसँग देखिन्छ, न देशीविदेशी शक्तिबाटै कुनै खतरा । आखिर किन त ओलीको बोली लत्रिएको होला ?
विगतमा गिरिजाप्रसाद कोइराला पनि कुनै नयाँ कुरा बोल्नु प¥यो भने बिराटनगर पुग्थे । राजनीतिक क्षितिजमा कुनै तरंग ल्याउनका लागि उनी यस्तै पुडिया इस्तेमाल गर्थे । त्यसले सम्पूर्ण राजनीतिक क्षेत्रमा भूइँचालो जान्थ्यो । अहिले ओली पनि कोइरालाकै सिको गर्न खोज्दैछन् ।
ओलीले देखेको षडयन्त्र सामान्य आँखाले ठम्याउन सक्ने स्थिति छैन । त्यसैले किन होला ओली बेसुरका कुरा गर्दैछन् भन्ने पनि लाग्दो हो । नेपालको संविधानले प्रधानमन्त्री विरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था छ । ओलीले आफ्नो दुई वर्षे कार्यकाल पूरा गरेको दोस्रो दिन अर्थात फागुन ४ गते नै सरकार विरुद्ध अविश्वासको प्रस्ताव आउने प्रतिकात्मक प्रसंग उठाएका छन् ।
विदेशी शक्ति पनि ओली सरकार विरुद्ध कतै देखिएको छैन । भारत, चीनसँग अच्छा दोस्ती छ ओलीको । अमेरिकाको उनी बिरोधको नाममा ‘बि’ समेत सुन्न सक्दैनन् । त्यसैले एमसीसी जसरी भएपनि पारीत हुने उद्घोष गरिरहेका छन् ओली । यस्तो अवस्थामा उनलाई त्राश कताबाट होला त ? सोझो उत्तर छ आफैं भित्रबाट अर्थात ‘नेकपा’ ।
यो मात्र संयोग हुन सक्दैन । पक्कै कुनै न कुनै तालमेल अवश्य रहेको छ । शक्तिको दुरुपयोग गर्नेले सधैं त्राश र आशंकामा बस्नुपर्ने हुन्छ सायद । त्यसैले विगतमा पनि प्रधानमन्त्रीहरु यस्तै गनगन गर्थे । सधैं अस्थिरताको कुरा गर्थे । ओली पनि दुई वर्षे कार्यकाल पूरा भएलगत्तै यस्तै गनगन गर्न थालेका छन् ।
सरकारको उछितो काढ्नुपर्ने काम विपक्षी दलले गर्नु पर्ने हो । वैकल्पिक सरकारका रुपमा विपक्षीलाई लिनु पर्ने हो । तर विपक्षी नेपाली कांग्रेस आफैं बिरामी परेको छ । विपक्षीको भूमिकामा ज्यादै कमजोर रहेको कांग्रेसले ओली विरुद्ध षडयन्त्र गर्ने र सत्ता ढाल्ने कुरा पत्यार लाग्दैन ।
उता, विदेशी शक्ति पनि ओली सरकार विरुद्ध कतै देखिएको छैन । भारत, चीनसँग अच्छा दोस्ती छ ओलीको । अमेरिकाको उनी बिरोधको नाममा ‘बि’ समेत सुन्न सक्दैनन् । त्यसैले एमसीसी जसरी भएपनि पारीत हुने उद्घोष गरिरहेका छन् ओली । यस्तो अवस्थामा उनलाई त्राश कताबाट होला त ? सोझो उत्तर छ आफैं भित्रबाट अर्थात ‘नेकपा’ ।
माधवकुमार नेपाललाई नवौं महाधिवेशनबाट हराएका ओलीको विजय यात्रा त्यसपछि सुरु भएको हो । संसदीय दलमा झलनाथ खनाललाई उत्तानो पारेपछि ओलीले उँधो हेर्नु पर्ने अवस्था कहिल्यै रहेन । अझ नेकपा माओवादीसँगको सहयात्रा सुरु भएपछि ओलीका लागि सत्र पल्टिएको थियो । सत्तामा पुगेको दुई वर्ष उनको एकछत्रै भयो पार्टी र सरकार दुबै मोर्चामा ।
विकास विरोधीको षडयन्त्र भनेर ओलीले आफ्नाबाट संभावित विरोधको संकेत गरेको हुनुपर्छ । माधव नेपाल पक्षलाई धेरै पेलेको बुझाई पार्टी भित्र विकसित भइरहेका बेला एमसीसी विवादले चर्काे स्वरुप लिएको छ । नेपाल गुटका भीम रावल र झलनाथ खनाल स्वयं एमसीसीलाई जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा सतिसाल बनेका छन् ।
तर सभामुख प्रकरणबाट भने उनको गोधुली सुरु भएको छ । नौ सदस्यीय पार्टी सचिबालयमा उनी ३ जनामै सीमित रहे । पूर्व एमालेबाटै उनलाई अफ्ठेरो अवस्थामा पुर्याइयो । त्यसपछि भने ओलीको आक्रमक शैली र व्यावहारमा बदलाव आएको छ । अहिले उनी रक्षात्मक अवस्थामा पुगेका छन् । अब उनलाई डर छ, कतै आफैं भित्रबाट षडयन्त्र त हुने होइन । त्यसैको अभिव्यक्ति हो –षडयन्त्रको प्रसंग ।
खासगरी एमसीसी पारित गर्न अवरोध गर्न खोज्नेलाई उनले विकास विरोधी भनेका छन् । एमसीसीको विरोध गर्ने चाहीं उनकै पार्टी भित्र रहेका छन् । विकास विरोधीको षडयन्त्र भनेर ओलीले आफ्नाबाट संभावित विरोधको संकेत गरेको हुनुपर्छ । माधव नेपाल पक्षलाई धेरै पेलेको बुझाई पार्टी भित्र विकसित भइरहेका बेला एमसीसी विवादले चर्काे स्वरुप लिएको छ । नेपाल गुटका भीम रावल र झलनाथ खनाल स्वयं एमसीसीलाई जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा सतिसाल बनेका छन् ।
मृगौलाले काम गर्न छाडेको बेला छ । चाँडै नै नयाँ मृगौला प्रत्यारोपणको तयारीमा रहेका ओली संभावित सत्ताको खेल आँकलन गरिरहेका छन् । मृगौला प्रत्यारोपणपछि लामो समय ओच्छ्यान पर्ने अवस्थामा पार्टी भित्रकै विपक्षीको गठबन्धन खतरनाक हुन सक्छ भन्ने बुझाई उनको देखिन्छ ।
त्यसबाट उम्कनका लागि कसरी जाने भन्ने पिरलो उनको टाउको दुखाई बनेको छ । सत्ताको लागि जस्तो सुकै खेलको भेल ल्याउन सक्ने पुष्पकमल दाहालको आनीबानी र व्यावहार ओलीका लागि नौलो होइन । त्यसमाथि नेपाल र झलनाथको मिलोमतोले वामदेब गौतमसमेत टाढिएको ओलीले राम्रो बुझेका छन् । त्यही डर र पिरले ओलीलाई षडयन्त्रको गन्ध दिएको हुनुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार