सामुदायिक विद्यालयको नमूना अभ्यास
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार २१:११:२९
५ फागुन, काठमाडौं । दाङको दंगीशरण गाउँपालिका–२ स्थित प्रावि कौवाघारीलाई नमूना विद्यालयका रुपमा स्थापित गरिएको छ । शिक्षाको क्षेत्रमा काम गर्ने समाजमा वातावरणीय शिक्षाको विकास (सीड) ले राम्रा सामुदायिक विद्यालयलाई नमूना विद्यालयका रुपमा घोषणा गरेर सहयोग गर्दै आएको छ ।
अहिले उक्त विद्यालय नमूना रहेको भन्दै सीडले सहयोग गर्दै आगामी दिनमा थप सुधारका लागि योजना निर्माण गरिरहेको कार्यक्रम संयोजक माधबराज चौधरीले बताए । सोही विद्यालयमा खानेपानी अभाव भए पनि बाहिरबाट ल्याएर भएपछि फिल्टरको पानी खुवाउने गरिएको छ । पानीकै कारण पनि विद्यार्थीलाई धेरै रोग लाग्नसक्ने भएकाले पनि फिल्टर गरिएको पानी खुवाउन थालिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण देवकोटाले बताए ।
त्यस्तै विद्यालय नजिकै भित्तामा टाँसिएको बालबालिका संरक्षणसम्बन्धी विद्यालयको नीतिले विद्यार्थी तथा शिक्षक मात्रै नभई बाहिरबाट जाने विभिन्न सरोकारवाला व्यक्तिको पनि ध्यान केन्द्रित गर्ने गर्छ । शिशुकक्षादेखि कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा कक्षा कोठामा विद्यार्थीलाई बेञ्चमा बसालिएको हुँदैन् । पठन–पाठनमा सहज होस् भनी विद्यार्थीलाई ‘राउन्ड टेबुल’ मा राखेर पठन–पाठन गराउने गरिएको छ । त्यसले शिक्षकलाई पढाउन पनि सहज भएको प्रअ देवकोटोले बताए ।
कति रोल नम्बरको विद्यार्थी आएन्, भन्ने गरी त्यसरी तालिका तयार पारिने गरेको उनले बताए । योसँगै शिक्षक, विद्यार्थीको मेहनत र अभिभावकको साथ तथा सहयोगले प्रत्येक वर्ष विद्यालयले नतिजा पनि सुधार गर्ने गरेको छ । यसका पुष्टि कक्षामा टाँस गरिएको कक्षागत सिकाइ उपलब्धिले पुष्टि गर्छ । विद्यालयले सबै कक्षामा प्रत्येक वर्षको कक्षागत, तहगत र विषयगत सिकाइ उपलब्धि टाँस गरेको छ । सोही सिकाइ उपलब्धिको आधारमा प्रत्येक वर्ष उपलब्धि वृद्धि गर्ने कसरतमा विद्यालय हुने गरेको प्रअ देवकोटाले बताए ।
अहिले विद्यालयमा तीन वटा भवन रहेका छन्, तर ती भवन अपर्याप्त भएकाले अन्य भवन पनि आवश्यक पर्ने प्रअ देवकोटाको भनाइ छ । उनका अनुसार विद्यालयको सिकाइ उपलब्धि पनि करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ । “यसअघि ८३ जना विद्यार्थी थिए” उनले भने “अहिले बढेर १०३ जना विद्यार्थी रहेका छन् ।” अहिले सबैभन्दा धेरै हाजिर हुने आमालाई सम्मानसमेत गर्ने गरेको देवकोटाले बताए।
अहिले कुनै पनि बहानामा विद्यार्थीबाट शुल्कसमेत नलिने गरेको उनको भनाइ छ । साथै विद्यार्थीको क्षमता विकासका लागि क्लब गठन, नियमित सामाजिक लेखापरीक्षण, समयमै एसआईपी, गुनासो तथा सुझाव समिति गठन, शैक्षिक पात्रोअनुसार पठन–पाठन, प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप हुने गरेको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै
चैत २५, २०८० आइतबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार