एनआईसी एशिया बैंकले धनुषाधाममा नयाँ शाखा खोल्यो
नेपालबहस संवाददाता
फागुन ६, २०७६ बुधबार २:३०:३९
६ फाल्गुण, काठमाडौं । एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित धनुषाधाममा नयाँ शाखा कार्यालय स्थापना गरि बैंकिङ्ग कारोबार सुरु गरेको छ ।
ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस बैंकले उक्त शाखा कार्यालयको फागुन ६ गते औपचारिक रुपमा समुद्घाटन कार्यक्रम सम्पन्न गरेको हो । सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलबाट आज एक समारोहका बीच उक्त शाखाको उद्घाटन भएको छ । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४४ एटीएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करिब २१ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रूपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ९, २०८१ आइतबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
कालिका लघुवित्तले २०७९/०८० लाभांश वितरण नगर्ने
पुष २९, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
बैशाख १२, २०८१ बुधबार