बागलुङमा जिल्ला अदालतको आफ्नै भवन
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बुधबार १६:५२:५८
७ फागुन काठमाडौं । जिल्ला अदालत बागलुङको सुविधासम्पन्न भवन बागलुङ नगरपालिका–२ रुद्रेपिपलमा निर्माण सम्पन्न भएकोे छ । यसअघि जिल्ला अदालतले भाडाको घरबाट न्याय सम्पादन गर्दै आएको थियो ।
रु आठ करोड ४० लाखको लागतमा साढे दुई तलाको सुविधासम्पन्न भवन निर्माण गरिएको जिल्ला अदालतका लेखापाल खगराज पौडेलले जानकारी दिए । रु १० करोड ४० लाखको लागत अनुमान भए पनि लिफ्ट सेवा हटाउँदा लागत कम भएको उनले बताए । सुविधासम्पन्न भवनबाट न्याय प्रदान गर्न निकै सहज भएको जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले बताए । “साँघुरो भवन, सेवा प्रदान गर्न निकै सकस थियो”, उनले भने, “भवन अभावकै कारण विषयगत फाँटसमेत राख्न सकिएको थिएन, नयाँ भवनमा सरेसँगै निकै सहज भएको छ ।”
विसं २०७२ फागुनदेखि निर्माण शुरु भएको भवन सम्झौताभन्दा केही ढिला सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । साढे दुईतले भवनमा लिफ्ट सेवा राखिएपछि विवाद उत्पन्न भएकाले निर्माणमा ढिलाइ भएको भवन निर्माणको जिम्मा पाएको समानान्तर बीएन जेबीका प्रोपाइटर नारायण जिसीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप: हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै
बैशाख ८, २०८१ शनिबार
म्याग्दीमा टिपर दुर्घटना, १ जनाको मृत्यु, तीन घाइते
बैशाख ८, २०८१ शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
मनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
बैशाख ८, २०८१ शनिबार