एउटै नगरपालिकाबाट मात्रै एक अर्बकोे तरकारी निर्यात
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बुधबार २२:४:३४
शङ्खर पहाडी
७ फागुन सर्लाही । लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७५÷७६ मा मात्रै करीब रु सवा अर्बको तरकारी निकासी भएको छ ।
लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, हरिवन नगरपालिकालगायत छिमेकी नगरपालिका र गाउँपालिकाबाट मात्रै आर्थिक वर्ष २०७५÷७६ मा रु एक अर्ब १५ करोड ५४ लाख ५७ हजार २४५ को तरकारी निकासी भएको हो ।
लालबन्दी, ईश्वरपुर, हरिव ननगरपालिकालगायत छिमेकी नगरपालिका र गाउँपालिकाका स्थानीयवासीले करीब एक हजार बिघाभन्दा बढी क्षेत्रमा उत्पादन गरेको तरकारी लालबन्दी आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले बताए ।
जिल्लाबाट ५५ हजार ९४५ टन तरकारी बाहिरिएकामा गोलभेँडाको पकेट क्षेत्रका रूपमा चिनिएको लालबन्दीबाट वार्षिक करीब २७ हजार ९७२ टन अर्थात् सबैभन्दा बढी ५० प्रतिशत गोलभेँडा तथा टमाटर बाहिरिने गरेको कार्यालयले जनाएको छ । त्यस्तै पर्वल २५, बोडी १०, सिमी १० र भिण्डी, काउली, बन्दा, भण्टा, घिराँैला, झिम्नी, लौका, फर्सी, मुन्गा र मूलालगायत पाँच प्रतिशत तरकारी लालबन्दीबाट देशका विभिन्न स्थानमा जाने गरेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७५÷७६ को साउनमा एक हजार ५९९, भदौमा चार हजार ९९८, असोजमा दुई हजार ८१३, कात्तिकमा २३ हजार ३७२, मङ्सिरमा तीन हजार ७०८, पुसमा तीन हजार ७९६, माघमा पाँच हजार ३७३, फागुनमा तीन हजार १०१, चैतमा एक हजार १८६, वैशाखमा ९२२, जेठमा दुई हजार २९५ र असार महिनामा दुई हजार ७७८ गरी कूल ५५ हजार ९४५ टन तरकारी जिल्लाबाहिर निर्यात भएको कार्यालयले जनाएको छ ।
स्थानीयवासीले व्यावसायिक रुपमा उत्पादन गरेको तरकारी काठमाडौँ, पोखरा, बुटबल, भैरहवा, नारायणघाट, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, रामेछाप, सिन्धुली, सुनसरी र विराटनगरका साथै छिमेकी देश भारतका विभिन्न स्थानमा समेत जाने÷गरेको कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापन समितिका अध्यक्ष दरेश चौधरीले बताए।
तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक रुपमा तरकारी खेतीप्रति आकर्षित हुँदै आइरहेका छन् । परम्परागत अन्नबाली छाडेर व्यावसायिक तरकारी खेती गर्दै आइरहेका सर्लाहीवासीले झण्डै एक हजार बिघाभन्दा बढी जमीनमा तरकारी खेती गर्ने गरेका कृषि ज्ञान केन्द्र मलङ्गवाका कार्यालय सहायक कार्यालय प्रमुख देवानन्द राय यादवले बताए ।
विगतमा घरपरिवार पाल्न भारतका विभिन्न ठाउँका साथै खाडी मुलुकमा मजदूरीका लागि जाने किसान अहिले तरकारी खेतीमा रमाइरहेका स्थानीयवासी रमेश अधिकारीले बताए । तरकारी खेतीले किसानको जीवनस्तरमा निकै परिवर्तन ल्याएको उनको भनाइ छ । यस पटक तरकारीबाट करीब रु तीन लाख आम्दानी गर्न सफल भएको अर्का किसान रामपुकार महत्तोले बताए । सडक पुगेपछि व्यापारी गाउँमै पुगेर समेत तरकारी खरीद गर्ने गरेको किसान किशोरी महत्तोले बताए ।
तरकारी उत्पादनबाट गाउँमा बर्सेनी रु चार÷पाँच करोड भित्रिने गरेको भए पनि भण्डारणको व्यवस्था नहँुदा समस्या भएको लालबन्दी–७ का अध्यक्ष कुमार न्यौपानेले बताए । गाउँका सबैजसोले तरकारी उत्पादन गर्दै आइरहेका छन् । जैविक तरकारी भएकाले देशका ठूला शहरमा समेत यहाँको तरकारी गोलभेँडा टमाटरको माग बढेको वडा नं ८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठले बताए । गाउँमा शीतभण्डारण केन्द्र नहुँदा बारीबाटै बिक्री गर्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार