माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता भव्य रुपमा सम्पन्न
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बिहिबार २:१२:५०
७ फाल्गुण, काठमाडौं । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजनको उपाधि कामना सेवा विकास बैंकले जितेको छ । गत फाल्गुण ३ गते शनिबारदेखि काठमाडौंको कीर्तिपूरस्थित अन्तराष्ट्रिय रंगशालामा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन आज भएको फाईनल खेलमा भारतीय राजदुताबासलाई ८ रनले हराउदै कामना सेवा विकास बैंकले उपाधि जितेको हो ।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै कामना सेवा विकास बैंकले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय राजदूतावासले पुरा ५ ओभर ब्याटिंग गर्दै ५४ रन मात्र बनाउन सक्यो । भारतीय राजदूतावासको लागि सुभास सिंहले २८ तथा निरज कुमार सिंहले ११ रन बनाए । कामना सेवा विकास बैंकको बलिंगमा हेमन्त श्रीवास्तव, केशव गिरि र घनश्याम ढुंगेलले समान एक-एक विकेट लिए ।
यसअघि कामना सेवा विकास बैंकले ५ ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाएर ६२ रन बनाएको थियो । कामनाको लागि हेमन्त श्रीवास्तवले सर्वाधिक ३३ रन बनाए जुन क्रममा १७ बलमा ५ चौका र १ छक्का प्रहार गरे । सुरेश उप्रेतीले १३ रन बनाए । भारतीय राजदूतावासका बलर निरज सिंहले १ विकेट लिए । यसअघि सम्पन्न पहिलो सेमीफाइनलमा भारतीय राजदूतावासले एनसेल एु लाई १९ रनले पराजित गरेको थियो । यस्तै कामना सेवा विकास बैंकले सिभिल बैंकलाई १५ रनले पराजित गरेको थियो ।
फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव चुनिए । प्रतियोगिताको उत्कष्ट खेलाडी कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव चुनिए जसले प्रतियोगिताभर कुल २ सय ५ रन बनाउनुको साथै ४ विकेट लिए । यस्तै उत्कष्ट बलर प्राइम कमर्सियल बैंकका विवेक दली चुनिए । उत्कृष्ट ब्याट्सम्यान सेन्चुरी बैंकका सुरज तिमिल्सिना चुनिए । उत्कृष्ट किपर भारतीय राजदूतावासका राजेश चौधरी तथा उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका बिबेक दली चुनिए । फेयर प्ले अवार्ड नेपाल राष्ट्र बैंकले प्राप्त गर्यो । प्रतियोगिताकै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी सेन्चुरी बैंकका सुरज तिमिल्सिना रहे ।
विजेता टिम र उत्कृष्ट खेलाडीहरुलाई पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माछापुच्छ्रे बैंकका सीईओ सुमन शर्माले पुरस्कार प्रदान गरेका थिए । फाल्गुन ३ गते देखि सुरु भएको प्रतियोगितामा कुल २३ टिमको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार