महायज्ञमा डेढ करोड सङ्कलन
नेपालबहस संवाददाता
फागुन ९, २०७६ शुक्रबार १८:४५:३५
९ फागुन काठमाडौं । विद्यालय संचालनका लागि चाहिने नियमित खर्च जुटाउन आयोजित महायज्ञमा बलेवाको एक विद्यालयले झण्डै रु डेढ करोड सङ्कलन गरेको छ ।
बागलुङ नगरपालिका–१४ नारायणस्थान बलेवामा रहेको आधारभूत विद्यालयले श्रीमद्भागवत धनधान्याचल महायज्ञबाट रु एक करोड ४४ लाख सङ्कलन गरेको हो । महायज्ञको अन्तिम दिनसम्म उक्त रकम सङ्कलन भएको मूल आयोजक समितिले सार्वजनिक गरेको छ ।
अन्तिम दिन बागलुङ नगरपालिका–१४ का स्व धनबहादुर घर्ती क्षेत्री, हिला घर्ती क्षेत्री र जनककुमारी घर्ती क्षेत्रीको स्मृतिमा छोरा टेकबहादुर, भीमबहादुर, बलबहादुर, जीत बहादुर, चन्द्रजीत, हरि बहादुर, केदार र मीन बहादुर घर्ती क्षेत्रीले आठ लाख आठ हजार ८४८ रुपैयाँ सहयोग गरेका थिए।
त्यस्तै सोही ठाउँका डम्मरकुमारी जिसीले पाँच लाख ५५५ रुपैयाँ सहयोग गरिन् । महायज्ञमा हरि जिसी र सुपारी जिसीको पहलमा अमेरिकामा रहेका बलेवावासीले तीन लाख २४ हजार २३१, नीरज केसीको पहलमा अष्टे«लियामा रहेका बलेवासीले ९७ हजार ५२, बानपा १४ का ईश्वरादेवी खत्रीले एक लाख एक हजार १५७ रुपैयाँ सहयोग गरेका थिए ।
महायज्ञको अन्तिम दिन ३५ हजारभन्दा बढी सहयोग गरी ४९ जना सहयोग दाता सभानायक बनेको सचिवालय संयोजक स्वर्गेन्द्रबहादुर खत्रीले जानकारी दिए । विद्यालयको ३२औँ वार्षिक उत्सवका अवसरमा आर्थिक सहयोग जुटाउन महायज्ञ आयोजना गरेको थियो । सङ्कलित रकमलाई विद्यालयको शैक्षिक गुणस्तर सुधार र पूर्वाधार विकास गर्ने काममा खर्चिने महायज्ञ मूल आयोजक समितिका महासचिव रत्न बहादुर खत्रीले जानकारी दिए ।
श्रीमद्भागवत धनधन्याञ्चल महायज्ञममा बालव्यास पण्डीतनारायण न्यौपानेले सङ्गीतमय कथा प्रवचन गरेका थिए । महायज्ञ समापन समारोहमा महायज्ञ मूल आयोजक समितिका संयोजक नरबहादुर खत्रीले दानदाताबाट सङ्कलित रकमलाई विद्यलायको शैक्षिक उन्नयनमा लगाउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबौद्ध तेमाल जात्राको तयारी पूरा
बैशाख ६, २०८१ बिहिबार
सोमेश्वर मन्दिरमा दुई लाख बढी भक्तजनले दर्शन गरे
बैशाख ६, २०८१ बिहिबार
नेपालगञ्जको बागेश्वरीमा प्रजापतिले १५औँ पटक जिब्रो छेडे
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार